कुनैपनि कामका लागि बाहिर निस्कँदा स्वास्थ्य सुरक्षाको न्यूनतम् मापदण्डको पालना गर्न जरुरी छ, र यो हाम्रै लागि हो भन्ने पनि सबैले बुझ्न जरुरी छ । कम्तिमा पनि मास्क अगाउने र भौतिक दुरी कायम गर्ने विषयमा अब कसैले पनि कन्जुस्याईं र लापरवाही नगरौं ।
चाडवाड नजिकिँदै गर्दा बजारमा चहलपहल पनि बढी रहेको छ । कोरोना कहरका बीच पनि मानिसहरु आफ्नो दैनिक आवश्यकता र चाडपर्वका लागि चाहिने सरसामानहरुको जोहो गर्न संक्रमणको जोखिम भएपनि किनमेलका लागि मानिसहरुको भीड यतिबेला बजारहरुमा देखिने गरेको छ। स्वास्थ्य सुरक्षाको मापदण्ड न उपभोक्ताले अपनाएको देखिन्छ, न त व्यवसायीहरुले नै । यसले कोरोना संक्रमणको जोखिम बढाउने निश्चित छ । कुनैपनि कामका लागि बाहिर निस्कँदा स्वास्थ्य सुरक्षाको न्यूनतम् मापदण्डको पालना गर्न जरुरी छ, र यो हाम्रै लागि हो भन्ने पनि सबैले बुझ्न जरुरी छ । कम्तिमा पनि मास्क अगाउने र भौतिक दुरी कायम गर्ने विषयमा अब कसैले पनि कन्जुस्याईं र लापरवाही नगरौं ।
मालसामान खरिद गर्न बजारमा जानु भन्दा पहिले अपनाउनु पर्ने स्वास्थ्य सुरक्षाको कुरा पछी अब कुरा गरौँ मालसामान खरिद गर्दा उपभोक्ताले ध्यान दिनु पर्ने कुराहरुको बारेमा । आफ्नो मेहनत र परिश्रमले आर्जन गरेको धनको दुरुपयोग नहोस् र आवश्यकता पुरा गर्नका लागि गरिएको लगानी खेर नजाओस् र हानिनोक्सानी पनि नहोस् भनेर हामी सचेत हुन एकदमै जरुरी छ । तर, नेपालमा उपभोक्ता शिक्षा र सचेतनाको स्थिति एकदमै नाजुक रहेको देखिन्छ । कतिपय पढेलेखेकै र शिक्षित भनिएका मानिसहरु नै उपभोक्ताको रुपमा ठगिएका उदाहरणहरु प्रशस्तै छ्न् । हामी सामान किन्दा आफुलाई चाहिएको र आवश्यकता परेको सामान किनेर त लान्छौं तर त्यसको उपभोग्य म्याद, मुल्य, तौल, प्याकेजिंग, लेवलिंग आदि विवरण हामी हेर्दैनौं र अर्को महत्वपूर्ण कुरा हामी कहिल्यै पनि बिल लिंदैनौ । बिल लिन हामी अल्छी गर्छौं, बिल नलिने हाम्रो बानीले हामी ठगिने सम्भावना पनि बढेर जान्छ । बिल लिने बानीले हामी ठगिनबाट धेरै हद सम्म जोगिन सक्छौं । किनभने हामी ठगिएको वा झुक्किएको अवस्थामा बिल हाम्रो लागि प्रमाण बन्छ र कानूनी लडाईं लड्न सहज हुन्छ । सामानको बिलले व्यवसायीलाई जिम्मेवार बनाउँछ भने उपभोक्तालाई आधार र प्रमाण प्राप्त हुन्छ । जसले गर्दा कारवाही गर्न पनि सजिलो हुन्छ ।
यहाँ चर्चा गर्न खोजिएको विषय उपभोक्ता शिक्षा, सचेतना र अधिकारको ठुल्ठुला कुरा भन्दा पनि उपभोक्तालाई प्रत्यक्ष प्रभाव पार्ने र उनीहरुले प्रत्यक्ष लाभ लिन सक्ने एकदमै व्यावहारिक विषयहरुमा जानकारी दिन खोजिएको छ । जसले आम उपभोक्तालाई कुनैपनि वस्तु वा सेवाको छनौट गर्न र खरिद गर्न सजिलो होस्, त्यस्ता केहि टिप्सहरुको बारेमा जानकारी गराउने यो आलेखको मुख्य उद्देश्य हो । किनभने हामीले सिद्दान्तको ठुल्ठुलो कुरो गर्दा चुरो भने छुटेको हुन्छ । यहाँ उपभोक्ताको जानकारीको लागी त्यहि चुरो कुरो मात्र प्रस्तुत गर्न खोजिएको छ िहेर्दा सामान्य लाग्ने तर एकदमै व्यावहारिक र उपभोक्ताको जीवनमा प्रत्यक्ष प्रभाव पार्ने विषयमा उपभोक्ताहरुलाई सुसूचित गर्नु माथि भनिएझैं यो आलेखको मुख्य उद्देश्य रहेको छ ।
कुनै पनि वस्तु वा सेवाको खरिद गर्दा उपभोक्ताहरुले कम्तिमा पनि निम्न कुरामा ध्यान दिनु आवश्यक हुन्छ ।
- उत्पादन र उपयोग्य मिति तथा अधिकतम खुद्रा मूल्य MRP अनिवार्य रुपमा हेर्ने ।
– केरमेट गरेको वा पुन लेबलिङ्ग/छपाई गरेको वस्तु खरिद गर्नु हँुदैन । यस्तो वस्तु उपभोग्य मिति समाप्त भएको, कम गुणस्तरिय र मूल्य बढाएको हुनसक्छ ।
( प्याकिङ्गमा उत्पादन कर्ताको नाम, ठेगाना, वस्तुको मिश्रण को अवस्था हेरी सामान खरिद गर्नुपर्छ । प्याकिङ्गमा उत्पादन कर्ताको नाम, ठेगाना नभएको वस्तुको खरिद गरी सो बाट नोक्सान भएमा कस्को नाममा उजुरी गर्ने ? र कसबाट क्षतिपूर्ति दाबी गर्ने ? भन्ने समस्या हुन जान्छ ।
– पसलमा साईनबोर्ड, मूल्य सूची भए/नभएको साथै प्याकिङ्गमा अधिकतम मूल्य MRP भए/नभएको हेर्ने गर्नुपर्छ । मूल्य सूची तथा अधिकतम मूल्य MRP भन्दा बढी मूल्य मागेमा नियामक निकायहरु वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय लगायतमा तुरुन्त खबर गर्ने गरौं ।
– प्याकिङ्ग गर्दा त्यस्तो वस्तु उत्पादन गर्दा प्रयोग भएको कच्चा पदार्थ, भण्डारण, उपभोग गर्ने तरिका, तौल, उत्पादन र उपभोग्य मिति Manufacture Date & Expairy Date उल्लेख गरेको छ/छैन हेरौं ।
– औषधि खरिद गर्दा प्याकिङ्गमा उत्पादन र उपभोग्य Manufacture Date & Expairy Date, प्रयोग गर्ने तरिका उल्लेख गरेको छ/छैन हेर्ने गरौं । साथै औषधी बिक्रेता तालिम प्राप्त हो/हैन विचार गरौं र डाक्टरको सिफरिस बिना औषधी किन्ने र बेच्ने दुबै काम गर्नु हुँदैन ।
– ग्यास सिलिण्डर तोकिएको तौलमा छ/छैन, सिल लगाइएको छ/छैन हेरी पुनः तौल गराएर किन्ने र बिव्रmेताबाट ग्यासको प्रयोग सम्बन्धि सम्पूर्ण जानकारी लिएर मात्र सुरक्षित रुपमा ग्यासको प्रयोग गर्ने गरौँ ।
– प्याकिङ्ग गरेका कुनै वस्तुमा उत्पादन र उपभोग्य मिति Manufacture Date & Expairy Date एकै ठाउँमा लेख्ने, कुनै वस्तुमा MFD लेखेर अर्को ठाउँमा Best before ………. Month from MFD लेख्न गरेको पाइन्छ । कोक, पेप्सी जस्ता पेय पदार्थको बोतलको घाँटीमा MFD 10092011:50जस्ता कुनै अंक लेखेको हुन्छ । यसमा सुरुको दुईटा अंकले तारेख, त्यसपछिको दुईटा अंकले महिना, त्यस पछिको दुईटा अंकले साल र त्यसपछिको चारवटा अंकले समय जनाउँछ । यसको अर्थ १० तारेख ९ महिना २०२० साल ११ बजेर ५० मिनेटमा बनेको भन्ने हो । बोतलको बीच भाग Best before 3 Months from Manufactgure Date लेखेको छ भने यसको अर्थ बनेको मितिले तीन महिना मित्र प्रयोग गर्न योग्य छ भन्ने बुभ्mनु पर्छ ।
– सामान खरिद गर्दा बिल पाउनु उपभोक्ताको अधिकार हो, त्यसको लागि सजग होऔँ । सामान खरिद गर्दा बिल अनिवार्य रुपमा मागौँ जसले गर्दा देशको अर्थतन्त्रलाई टेवा पुग्नुको साथै आफू ठगिनुबाट बचिन्छ भने उक्त सामानले नोक्सान गरेमा क्षतिपूर्ति दावी गर्न सजिलो हुन्छ ।
– नाप तौलका साधन दुरुस्त भए/ नभएको हेरेर मात्र सामान खरिद गरौं । ढुङ्गा र बिना दर्ताका ढक तराजु आदी प्रयोग गरेको ठाउँबाट सामान खरिद नगरौँ । खाली तराजु उचालेर पाल बराबर छ/छैन हेर्ने गरौं ।
– मेसिनरी सामान जस्तै घडी, रेडियो, टी.भि, क्यामरा, फ्रीज, मोबाईल, साईकल, मोटर साईकल, कार ट्याक्टर, ट्रक, बस आदि किन्दा वारेन्टी र ग्यारेन्टी बारे जानकारी लिई अनिवार्य रुपमा कार्ड लिने वा बिलमा सो कुरा लेखाउने गरौँ ।
– सुन, चाँदी लगायतका गरगहना किन्दा त्यसमा मिसाईएको रसायनको मात्रा, पछि उक्त गरगहना बेच्नु पर्दा कट्टी गरिने मात्रा वा रकम आदि कुरा खरिद पूर्व निश्चित गरी बिलमा लेखाउनु पर्छ । जसले गर्दा नापतौलमा सुनिश्चित्ता र पछि बेच्न सजिलो हुन्छ ।
– वस्तु वा सेवाको खरिद वा उपयोग गर्दा हतार, नगरी दुई, तीन ठाउँमा मूल्य र गुणस्तरको अवस्थाको जानकारी लिई खरिद निर्णय गरौँ जसबाट यर्थाथ मूल्य कति हो, भन्ने आँकलन गर्न सजिलो हुन्छ ।
– होटेल, रेष्टुरेन्ट तथा मिठाई पसलको, सरसफाईको राम्रो व्यवस्था र खाने कुरा जाली वा सिसामा छोपेर राखेको छ / छैन हेरौँ । बेड, बिस्तारा, बाथरुम आदिको सर सफाईको अबस्था हेर्ने गरौं ।
– माछा, मासु पसलको बध स्थल, माछा मासुको भण्डारणको अवस्था, सरसफाई आदि हेरेर सफा स्वच्छ र ताजा माछा मासु मात्र लिने गरौं ।
– न्यून गुणस्तरीय/कमसल खाद्य वस्तु उत्पादन तथा बेचबिखन भएको जानकारी हुन आएमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, जिल्ला प्रशासन कार्यालय, नजिकको सुरक्षा निकाय आदिमा तुरुन्त खबर गरौँ ।
– गुणस्तरहिन बस्तु तथा सेवाको प्रयोगबाट हानी नोक्सानी भएमा क्षतिपूर्तिको लागि सम्बन्धित जिल्ला अदालतमा रहेको उपभोक्ता अदालत समक्ष ६ महिना भित्र उजुरी गरौँ र उपभोक्ता अदालतले क्षतीको मूल्याङ्कन गरी उचित क्षतिपूर्ति उपलब्ध गराउने छ ।
(लेखकः वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, नेपालगंजका सूचना अधिकारी हुन् ।)[email protected]