इप्रका खजुराका हवल्दार घुस सहित पक्राउ

इलाका प्रहरी कार्यालय खजुरा खुर्द बाँकेमा कार्यरत प्रहरी हवल्दारलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय नेपालगन्जले घुस सहित पक्राउ गरेको छ ।


प्रहरीले इप्रका खजुरामा कार्यरत प्रहरी हवल्दार राजेश बहादुर द्वालले हाल साबिक निजी जग्गामा रहेको आँप जातको काठ चिरान मिल र इट्टा भट्टामा लैजानको लागि सहजीकरण गरिदिने भनि सेवाग्राहीसँग घुस रकम माग गरेको भन्ने उजुरीका आधारमा प्रहरीले कारवाही गरी दुलाललाई १३ हजार घुस सहित पक्राउ गरेको हो ।


जानकी गाउँपालिका वडा नं. ३ मानपुर बाँके स्थित लक्ष्मी कोल्ड स्टोर्सबाट घुस सहित पक्राउ गरी उनीमाथि थप अनुसन्धान गरिरहेको सम्पर्क कार्यालयका शाखा अधिकृत श्रीधर टण्डनले जानकारी दिएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया