कोरोना कहरले व्यवसायिक क्षेत्र धराशयी पारिरहँदा सबैभन्दा ठुलो प्रभाव परेको क्षेत्र होटल तथा पर्यटन हो । त्यसअघि देखिनै थला परेको नेपालगन्जमा हस्पिटालिटिको व्यवसायिक अवस्था पारे चिन्ता गरिंदै आएको छ ।

त्यसै चिन्ता र कोरोना कहरका बीच नेपालगन्जमा पाँच करोडबढी लगानीमा होटल तथा पर्यटकीय क्षेत्रकै एउटा व्यवसायिक प्रतिष्ठान थपिएको छ । ‘जग्गाबाहेक ५ करोड लगानी गरिसकियो,’ म्याजेष्टिक पार्टी प्यालेसमा निर्माणाधिन ढुंगे धारा देखाउँदै सञ्चालक गणेश विक्रम शाहले दैनिक नेपालगन्जसँग भने, ‘लकडाउनबीचनै काम सकियो ।’
नेपालगन्जको व्यस्त बजारकै काखमा सुनसान लाग्ने फुल्टेक्रा र मंगल पथको कर्नरमा त्यो लेभलको रेष्टुरेन्टदेखि पार्टी प्यालेसको पूर्वाधार तयार भइरहेको होला भन्ने अनुमान सम् मगर्न सकिंदैन, भित्र नपस्दासम्म । ‘पुख्यौली जग्गा थियो, प्लटिङ गरेर पैसा कमाउन सकिन्थ्यो,’ आकर्षक घडेरी बेचेर पैसा कमाउने चल्तीको धन्धा छाडेर सयबढीलाई रोजगारी दिने र अवकाशपछिको जीवन सक्रियतापूर्वक विताउने योजना बनाएका गणेश विक्रम शाहले नजिकै पानीको भूमिगत वितरण मिलाउन व्यस्त भाइ राजीव शाहलाई देखाउँदै भने, ‘दाजुभाईनै यसरी काममा लागियो ।’
नेपाल प्रहरीमा प्रहरी नायब उपरीक्षक पदबाट सेवा निवृत्त गणेश विक्रम शाह र नेपाली सेनाबाट महासेनानी पदबाट सेवाअवधि पुरा गरेका राजीव शाह यतिबेला कोरोना कालसँगै वा कोरोना कहरपछि कसरी यति ठुलो लगानीलाई प्रतिफलयुक्त बनाउने ? योजनासँगै सुन्दर बगैचासहितको आकर्षक रेष्टुरेन्ट, पार्टी प्यालेस लगायतका पूर्वाधार निर्माणमा व्यस्त देखिन्छन् । ‘नाफामूखी भन्दा सेवामूखी भावनाले आएकाछौं,’ १३ कट्ठा क्षेत्रफलमा बनेका संरचना, पर्याप्त खुला मैदानमा रोपिएका फूल देखाउँदै सञ्चालक राजीव शाहले दैनिक नेपालगन्जसँग भने, ‘आफ्नो थलोमा केही गरेर देखाउनुपर्छ भन्ने ध्येयसँगै अवकासको जीवनलाई पनि उत्तिकै सक्रिय बनाउनुपर्छ भन्ने मेसेज दिनपनि खोजिएको हो ।’
आउँदै दशैंलगत्तै मंसिरदेखि सञ्चालनमा ल्याउने गरि दर्जनबढी मजदूर म्याजेष्टिक पार्टी प्यालेस फिनिसिङमा व्यस्त देखिन्छन् । ‘स्थानीय मजदूरकै उपयोगलाई पनि लकडाउनले हैरान पा¥यो,’ सञ्चालक शाह भन्छन्, ‘सामान्य काममा पनि असामान्य अवस्थाले निकै कठिन बनायो ।’
यस्तो असामान्य अवस्थामा म्याजेष्टिक पार्टी प्यालेस कसरी चलाउने सोच्दै हो त ? फौजबाट अवकास लिएपनि फौजीपारामै अनुशासित दाजुभाईको मुस्कुराहटले जवाफ दिन्थ्यो, ‘सामान्य अवस्थामा त सबैले सक्छन् नि !’
तमाम निराशाबीच आशाका समाचार, यो पनि








