सम्बन्ध अनेक प्रकारका हुन्छन् , त्यसैले सम्बन्ध का बिषयमा गित पनि लेखिएको छ( ू तिम्रो मेरो सम्बन्ध को अर्थ खोज्न मन लाग्यो ऐना हेरि आफैं सङ्ग प्रश्न गर्न मन लाग्योू । तपाईं हरु लाई अनौठो लागिरहेको होला यो स्तम्भ साइकल गाथा को छ अनि चर्चा सम्बन्ध को हुँदै छ, हो आज एस्तो सम्बन्ध को चर्चा हुँदै छ जुन सम्बन्ध चेन अर्थात साइकल को चेनले जोडेको सम्बन्धको छ।
म साइक्लिङ्ग मा नियमित रूपमा 2017 देखि सक्रिय छु, साइकल का विभिन्न कार्यक्रम र अभियानमा निरन्तर रूपमा सकेसम्म आफू जोडिदै आएको छु, पहिलो पटक 2018 मा हेटौंडा मा आयोजित कोरा-2018 मा सहभागी भए त्यो नै मेरो सबैभन्दा पहिलो र ठुलो साइकल को इभेन्ट थियो अनि त्यही कार्यक्रममा सहभागिता जनाउन जाँदै थियो नेपालगन्ज बाट म अनि गगन थापा जि सोही इभेन्ट मा सहभागिता का लागि कैलाली बाट भरत बिक्रम शाह नेपालगन्ज आइपुग्नु भो हामी हेटौंडा पुगियो देशभर बाट आएका साइक्लिस्टहरु सङ्ग र हेटौंडा का साइक्लिस्टहरु सङ्ग त ब्यक्तिगत रूपमा नयाँ सम्बन्ध त स्थापित त भयो नै त्यो भन्दा अझै माथी त्यहाँ आएका साइक्लिस्टहरुलाइ नेपालगन्ज सङ्ग पनि जोड्न हामी सफल भयो यो एउटा चेन अर्थात साइकल को चेन ले जोडेकै सम्बन्ध को उपलब्धि थियोे । त्यही हेटौंडा यात्रा बाट नजिकिएका सुदुरपस्चिम का प्रीय साइक्लिस्ट भरत बिक्रम शाह सङ्ग त झन् निकट र आत्मीय सम्बन्ध कायम भयो नेपालगन्ज का हरेक साइक्लिङ्ग का गतिविधिमा भरत जि को सहभागिता हुँदै आएको छ।
मैले 2018 को दशैमा नै मित्र गगन जि सङ्ग सामुहिक राइड महेन्द्रनगर देखी नैनिताल सम्म पुरा गरे त्यसबाट पनि नैनिताल र हल्द्वानी का केहि साइक्लिस्टहरु सङ्ग छोटो र सानो भेटघाट ले पनि अतिनै यादगार र बलियो सम्बन्ध स्थापित भयो त्यही सम्बन्ध को उपलब्धि हामीले यसबर्ष आयोजना गरेको टुर दि ठाकुरद्वारा मा सहभागी हुन नैनितालबाट प्रतिष्ठित पर्यटन ब्यबसायी तथा साइक्लिस्ट शैलेन्द्र शाह मेरो निमन्त्रणा स्विकार्दै आइपुग्नु भयो भने साइक्लिस्ट भएकै कारण सामाजिक संजाल फेसबुक मा साथी हुनुभएका भारत बरेली का अर्का साइक्लिस्ट रभिन्दर सिह ओभराय अर्का बरेली कै चर्चित साइकल यात्री साइकल बाबा का रूपमा प्रख्यात सन्जिभ जिन्दल सहित टुर दि ठाकुरद्वार मा सहभागी हुनुभयो प्रत्यक्ष भेटघाट समेत नभएका यी दुई साइकल यात्री सन्जिभ जिन्दल र रभिन्दर सिह ओभराय सङ्ग अहिले निकै आत्मीय सम्बन्ध स्थापित भएको छ भने देशबिदेश मा रहेका थुप्रै साइक्लिस्टहरु सङ्ग सामाजिक संजाल मा नै भएको चिनजान र परिचय ले निकै नै नजिक्याएको छ आज साइकल को चेन बाट जोडिएको सम्बन्ध ले नेपालका प्राय सबै शहरहरु मा थुप्रै नयाँ साथीहरू सङ्ग बडो आत्मीय र न्यानो सम्बन्ध स्थापित भएको छ।
आज यो चेनको सम्बन्ध को चर्चा गर्दै गर्दा मैले बिशेष रूपमा लुइको नेपाल सम्बन्ध का बारेमा चर्चा गर्दै छु, उनी स्विस नागरिक लुइस कर्नेली हुन् जो साइकल मै देश दुनियाँ घुम्दै गर्दा नेपाल आइपुगे तर त्यही बिच कोरोना को महामारी ले नेपाल मा लकडाउन भयो र उनको परिचय कैलाली का साइकल यात्री भरत बिक्रम शाह सङ्ग भयो लकडाउन कै कारण अप्ठ्यारोमा परेको एक साइकल यात्रीलाई भरतले त्यसै छाड्ने कुरै भएन लुइसलाइ उनले आफ्नो घरमा नै राखे लकडाउन थपिदै गयो अनि अन्तर्राष्ट्रिय उडान समेत बन्द भए लुइ यो बिच भरत सङ्गै कैलाली को मजगाउ मा ६ महिना बसे भरतले लुइसलाइ अनपेड गेस्ट का रूपमा घरमा राखेका थिए झन्डै २ सय दिन बस्दा लुइस भरतको परिवार कै सदस्य सरह नै भएर बसे असोज ७ गते अब परिस्थिति अनुकुल हुँदै गएको ले लुइस आफ्नो मुलुक फर्किन कैलाली बाट काठमाडौ का लागि बिदाइ हुँदै गर्दा भरत का मात्र आँखा रसाएनन सिङ्गो परिवार मात्र होईन छरछिमेक समेत दुखी देखिए लुइ पनि भक्कानिए केहि बेर रोहिरहे तर जिवनचक्र न हो यो त घुमिरहन्छ नै लुइ लाई बिदाई गर्दै गर्दा भावविह्वल बनेका भरतका आँखा दिनभरी रसाइरहे लुइपनी यो ६ महिना सङ्गै बिताएका पल अनि साना केटाकेटी अनि गाउँ छिमेक र सिङ्गो परिवार सङ्ग को बिछोडमा निकै भावुक बनिरहे यसरी एउटा साइकल को चेन ले जोडेको सम्बन्ध ले लुइस लाई नेपाल मात्र होईन नेपाली सस्कार संस्कृती अर्थात पूर्वीय सस्कृती पनि राम्रो सङ्ग सिकायो बुझायो जस्तो लाग्छ पक्कै लुइस ले पूर्वीय सस्कृती र सभ्यता को याद र चर्चा गर्ने छन् युरोपमा।