एड्भोकेसी नेपाल नेपालगन्जले बाँकेको डुडुवा ६ स्थित आसमानपुरमा रहेको जयेन्दु वालसुधार गृहमा रहेका बालकहरुका लागी एक लाख १५ हजार बढीको स्वास्थ्य लगायतका दैनिक उपभोग्य सामाग्री हस्तान्तरण गरेको छ ।
कोरोना कहरका बिचमा बाल सुधार गृहमा रहेका बालकहरुमा छाला रोगको संक्रमणले सताएको कुरालाई मध्यनजर राख्दै स्वास्थ्य सामाग्रीका साथै बालकहरुको लागी उपभोग्य सामाग्री प्रदान गरिएको अधिवक्ता वसन्त गौतमले जानकारी दिए । एडभोकेसी फोरमले ११० जना बालकहरुका लागी माक्स, सेनीसाईजर, डिटोल साबुन लगायतका अत्यावश्यकिय स्वास्थ्य सामाग्री, चिसोतातो पानी बनाउने डिस्पेन्सर, तन्ना, रुमाल, तकियाको खोल, गम्छा, पानी खाने बोत्तल, खानेपानीका लागी पाइप, पानी खानेबोत्तल, जार, मनोरञ्जनका लागि खेल्ने क्यारीमबोड लगायतका सामाग्री बितरण गरिएको गौतमले बताए ।
सामाग्री हस्तान्तरण कार्यक्रममा बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्याय, बालसुधार गृहकी इन्चार्ज बिमला काउचा मगर, जग्गा दाता जयकेश सिंह, औषधी ब्यवशायी संघ बाँकेका महासचिव जिवन शर्मा, बार्डेन मलखे सिंह, प्रहरी हवल्दार सुरेश बहादु शाही लगायतको सहभागिता रहेको थियो । कोभिडको कारण कानुनी विवादमा परि सुधारगृहमा रहेका बालबालिकाहरुलाई थप असहज भएकाले उनिहरुलाई सुरक्षित बनाउनका लागि स्वास्थ्य सुरक्षा साम्रगी लगायतका अत्यावश्यकिय सामाग्रीहरु वितरण गरिएको गौतमले बताए ।
सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले बालबालिकालाई अत्यावश्यक सामाग्री सहयोग गरेर एडभोकेसी फोरमले सराहनीय काम गरेको बताए । भविष्यको कर्णधारको रुपमा रहेका बालबालिकाहरु सद्मार्गमा लागी समाजसेवामा लाग्छु भन्ने भावना लिनु पर्ने सहायक प्रजिअ उपाध्यायले सल्लाह दिएका थिए । भबिश्य कस्तो बनाउने भन्ने कुरा आफ्नै हातमा रहेको कुरा उपाध्यायले बताए । सुधार गृह साच्चीकै सुधार गृह जस्तो रहनु पर्ने बताउदै कानूनी बिवादमा रहेका बालबालिकाहरु पनि आफुले गरेको गल्तीको महसुस गरि असल नागरिक बन्नु पर्नेमा सहायक प्रजिअ उपाध्यायले जोड दिएका थिए ।
कार्यक्रममा बोल्दै एडभोकेसी फोरमका वसन्त गौतमले कोराना कहरका बिचमा सुधार गृहमा रहेका बालकलाई छाला सम्बन्धी रोगका साथै अन्य उपभोग्य सामाग्री आवश्यक परेका भनी सहयोगको अनुरोध आएकाले सामाग्री प्रदान गरिएको बताए । सुधार गृह भने पछि बालसुधार गृहमा पर्याप्त पुर्वाधार हुनु पर्ने भन्दै गौतमले बालकलाई आफुले जानेर नजानेर गरेको गल्तीको महसुस गराई सुधारका लागि सबै लाग्नु पर्नेमा जोड दिए ।
बालसुधार गृहकी इन्चार्ज बिमला काउचा मगरले स्वास्थ्य लगायतका दैनिक प्रयोगमा आउने सामाग्रीको अभाव भइरहेका बेला एडभोकेसी फोरमले गरेको सहयोगबाट बालबालिकालाई थप सहजता हुने बताइन् । कोरोना कहरका बिच स्वास्थ्य र अन्य आवश्यक सामाग्री आवश्यक सहयोग गरेकोमा धन्यवाद दिदै बालबालिकाहरु सुधार र पुनस्थापना सबै लाग्नु पर्ने बताइन् ।
जग्गा दाता जयकेश सिंहले कानूनी बिवादमा रहेका बालकहरुको राम्रो सुधारको ब्यवस्थापन होस भनेर आफुले जग्गा दान गरेको बताउदै जग्गाको उचित ब्यवस्थापन हुन नसकेकोमा चिन्ता लागेको बताए । बालसुधार गृह वास्तवमै सुधारगृह जस्तो हुनु पर्ने र यसमा सबै लाग्नु पर्ने सिंहले बताएका थिए । सुधार गृहको सुधारका लागी एडभोकेसी फोरमले महत्वपुर्ण भुमिका खेलेको भन्दै सिंहले यसको राम्रो ब्यवस्थापन र संचालनका लागी सबै लाग्नु पर्ने बताए ।
शिक्षक कबिन्द्र सिंह धामीले सञ्चालन गरेको कार्यक्रमा औषधी ब्यवसायी संघ बाँकेका महासचिव जिवन शर्माले सुधारका लागी राखिएका बालहरु आचरण सुधारी सद्रमार्गमा लागेमा सबैको सहयोग रहने बताएका थिए ।
एडभोकेसी फोरमको समन्वयमा औषधी ब्यवसायी संघ र संघका महासचिव जिवन शर्माले पटक पटक औषधी उपचारमा सहयोग गदै आएको र हालपनि सुधार गृहमा रहेका झण्डै ९० जना बालकहरुलाई छाला रोगको समस्या भएकाले स्वास्थ्यकर्मी समेत रहेका जिवन शर्माले औषधोउपचारमा सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । यसका लागी आगामी शुक्रबार औषधी बितरण गर्ने कार्यक्रम रहेको शर्माले जानकारी दिए ।