कोरोनाः देशभर ६४ हजार नाघ्दा बाँकेमा १५९९

मुलुकभर संक्रमितको संख्या ६४ हजार १२२ पुगेको छ । त्यसक्रममा बाँकेको संख्या १५९९ पुगेको छ ।
मुलुकभर पछिल्लो २४ घण्टामा १३२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बाँकेमा २४ घण्टाको संक्रमण संख्या चार महिला सहित नौ थपिएको छ ।
देशभरका प्रयोगशालामा ९ हजार ५८४ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
६४ हजार १२२ मध्ये ४११ जनाको मृत्यु भएको छ भने ४६ हजार २३३ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ९६६ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जिल्लाका विभिन्न आइसोसेसनमा ३४५ जना सक्रिय संक्रमित उपचारार्थ रहेको बताए । १५९९ मध्ये १२४४ जना निनको भएका छन् भने १० जनाको मृत्यु भइसकेको छ । आजमात्रै ४१ जना निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया