बाँकेमा कोरोना संक्रमण भएका थप एक जनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार, नेपालगन्ज १ का ४५ वर्षीय पुरुषको उपचारका क्रममा आज अपरान्ह मृत्यु भएको हो । (हेर्नुस् विवरण)
यसैबीच, पछिल्लो २४ घण्टामा १२४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ६४१ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ५९ हजार ५७३ पुगेको छ । उनीहरुमध्ये ३८३ जनाको मृत्यु भएको छ भने ४२ हजार ९४९ जना संक्रमण मुक्त भएका छन् ।
बाँकेमा भने १० जना नयाँ संक्रमित थपिएका छन् । थपिएका सबै नेपालगन्जका हुन् । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको कोरोना प्रयोगशालामा ९ जना र बागेश्वरी डाइग्नोष्टिक एण्ड पोलिक्लिनिक सेन्टरबाट एक जनामा कोरोना पुष्टि भएको हो ।
बाँके जिल्लामा कूल कोरोना संक्रमित एक हजार पाँच सय ४६ मध्ये एक हजार एक सय ३२ डिस्चार्ज भइसकेका छन् । आइसोलेसनमा चार सय ६ जना उपचारमा छन् भने कोरोनाबाट ८ जनाको मृत्यु भएको छ । कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बिहान उक्त तथ्यांक उपलब्ध गराएका हुन् ।