कोरोनाः ५८ हजार नाघ्यो, एकै दिन १५३९ संक्रमित, बाँकेमा २४ थप

देशभर संक्रमितको संख्या ५८ हजार ३२७ पुगेको छ । पछिल्लो २४ घण्टामा १५३९ जनाका कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएपछि कुल संक्रमित संख्या ५८ हजार ३२७ पुगेको हो ।
देशभरका प्रयोगशालामा १०४९४ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो एकैदिनमा भेटिएको अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित हो । उनीहरुहध्ये ३७९ जनाको मृत्यु भएको छ भने ४१ हजार ७०६ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १०६८ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैबीच, बाँकेमा आज २४ जना संक्रमित भएका छन् । बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार, भेरी अस्पतालको ल्याबमा भेरीमा १५ जना सहित २४ जना संक्रमित पुष्टि भएको हो । उनका अनुसार, आजैबाट पीसीआर परीक्षण शुरु गरेको नेपालगन्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुर ल्याबमा ६ जना र बागेश्वरीमा ३ जना पोजेटिभ पुष्टि भएको हो ।

प्रतिक्रिया

प्रतिक्रिया