नेपालगन्ज भन्सारले अत्यावश्यक सामाग्रीका रुपमा पेट्रोलियम र खाद्यवस्तुलाई मात्र सहज आपूर्तिको निती लिएको छ । चार दिनदेखि भन्सारमा राजस्वका लागि लामबद्ध व्यवसायीहरुले भन्सारले सास्ती दिंदा समस्या भएको गुनासो गरेका छन् । नेपालगन्ज भन्सार प्रमुख शान्तिराम निरौलाले भन्सारका दुई जना कर्मचारीमा कोरोना भाइरस पुष्टि भएपछि उच्च सतर्कता उपनाइएको बताए । त्यसका कारण ढिलाई भएको भन्दै अत्यावश्यक बस्तुको भन्सारमा केन्द्रीत हुनुपरेको निरौलाको भनाए छ ।
हामीलाई त्यसबारे कुनै जानकारी भएन, भन्सारमा धेरै दिनदेखि माल रोकिंदा खर्च र तनाव दुबै बढेको गुनासो पोख्दै व्यापारी भन्छन्, समस्याको समाधान खोज्नुपर्यो । भन्सार कार्यालयले सामान पुरै चेकजाँच गर्दा जोखिम बढेको आशंका गर्दै चाप घटाउने निती लिएको संकेत गरेको छ ।