मुलुकभर कोरोना संक्रमित संख्या ३१ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ६३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि संक्रमति संख्या ३१ हजार नाघेको हो ।
देशभरका प्रयोगशालामा १२५१९ स्वाब परीक्षण गर्दा उपत्यकामा मात्र २१६ जनामा संक्रमण पुष्टि भएको छ । कुल संक्रमितको संख्या ३१ हजार ११७ पुगेको छ ।








