कोरोनाः ३० हजार नाघ्यो संक्रमित

बाँकेमा शुक्रवार थप १६ जनामा कोरोना संक्रमण

मुलुकभर पछिल्लो २४ घण्टामा ८३८ जनामा कोरोना संक्रमण भएको छ । दिनहुँ संक्रमण बढ्दो छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ५७९ जनाको पीसीआर परीक्षण गर्दा ८ सय ३८ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। थपिएका संक्रमितमा ५४६ पुरुष छन् भने २ सय ९२ महिला छन्।

यीसहित हालसम्म संक्रमित हुनेको संख्या ३० हजार ४ सय ८३ पुगेको गौतमले बताए। त्यस्तै विगत २४ घण्टामा २५० जना कोरोनाबाट निको भइ घर फर्किका छन्। यीसहित हालसम्म निको हुनेको संख्या १८ हजार २ सय १४ पुगेको छ। त्यस्तै देशभर सक्रिय संक्रमितको संख्या १२ हजार १ सय ३२ पुगेको छ। विगत २४ घण्टामा मृतक ११ जनामा कोरोना पुष्टि भएको छ। हालसम्म मृतक १३७ जनामा कोरोना पुष्टि भएको छ।

बाँकेमा थप १६ जनामा संक्रमण

बाँकेमा शुक्रवार थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जमा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा नेपालगञ्ज उपमहानगरपालिकाका विभिन्न वडाका १४ जना, राप्तीसोनारी गाउँपालिकाका २ र बर्दियाका ६ गरी २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

गत २४ घण्टामा ३ सय ५० जनाको स्वाब परीक्षण गर्दा २२ जनामा कोरोना पुष्टि भएको भेरी अस्पतालले जनाएको छ । बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले शुक्रवारनै ५१ जना निको भएर गएको र १६ जना संक्रमित थपिएको बताए ।

प्रतिक्रिया

प्रतिक्रिया