किन सारिए कारागारबाट महिला ?

क्षमता भन्दा बढी कैदीबन्दी रहेको बाँके कारागारबाट ४५ जना महिला कैदीबन्दीलाई बर्दिया र दैलेख स्थानान्तरण गरिएको छ ।
जस अनुसार, एक जना आश्रित बालिका सहित ३० जनालाई दैलेख कारागारमा र एक जना आश्रित बालिका सहित १५ जना महिला कैदीबन्दीलाई बर्दिया कारागारमा स्थानान्तरण गरि पठाइएको जेलर देवेन्द्र श्रेष्ठले जानकारी दिए ।
४५ जना महिला कैदीबन्दीलाई स्थानान्तरण गरिए पनि ३५० जनाको क्षमता भएको बाँके कारागारमा अझै ७७३ जना पुरुष कैदीबन्दी रहेका छन् । सबै महिला कैदीबन्दीलाई स्थानान्तरण गरिए पछि हाल बाँके कारागारमा एक जना पछि महिला कैदीबन्दी छैनन् । कारागारको रेकर्डमा एक महिला भए पछि उनी कोरोना संक्रमित भएका कारण आइसोलेसनमा छिन । मुद्धाको पुर्पक्ष र अदालतको फैसला पछि आएका महिला कैदीबन्दीलाई बर्दिया पठाउने योजना रहेको जेलर श्रेष्ठले बताए ।
सार्वजनिक सरोकारका बिषयमा आवाज उठाउदै आएका बाँकेका आधा दर्जन बढी अधिवक्ताहरुले सबै कैदीबन्दीको पीसीआर परिक्षण र स्वास्थ्य सतर्कता लगायतका कैदीबन्दीको आधारभूत मानव अधिकारको संरक्षणको बिषयमा उच्च अदालत नेपालगन्ज इजलासमा निवेदन दिएकोमा अदालतले अन्तरिम आदेश दिएको थियो ।
अदालतको अन्तरिम आदेश पश्चात बाँके कारागारका पहिलो चरणमा २१ जना र पछि ५ जना कैदीबन्दीको कोरोना परिक्षण गराएकोमा ८ जनामा कोरोना संक्रमण देखिएको छ । जसमा ७ जना पुरुष कैदीबन्दी र एक जना महिला बन्दी संक्रमित देखिएकी थिइन ।
हाल बाँके कारागारमा रहेका ७७३ जना सबैको स्वास्थ्य अवस्था सामान्य रहेको जेलेर देवेन्द्र श्रेष्ठले जानकारी दिए । ‘कुनै कैदीबन्दीलाई स्वास्थ्यको केहि समस्या छैन । खजुराको कृषि तालिम केन्द्रमा बनाइएको आइसोलेसनमा रहेकी एक जना महिला कोरोना संक्रमित बन्दीकोे स्वास्थ्य अवस्था पनि सामान्य रहेको छ’ जेलर श्रेष्ठले दैनिक नेपालगन्जसँग भने ।
बाँकेमा क्षमता भन्दा बढी कैदीबन्दी रहेको र यसबाट कोरोना संक्रमणको त्रास रहेको बारे राखिएको जिज्ञासामा प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङ्गले यसबारेमा आफु संबेदनसिल रहेको र उच्च सतर्कता अपनाइएको बताए ।
अदालतको आदेश बमोजिम दुई चरणमा गरेर २६ जना कैदीबन्दीको पीसीआर परिक्षण गरि सकिएको प्रजिअले जानकारी दिए । सबै कैदीबन्दीको पीसीआर परिक्षण गराउन श्रोतसाधन र सरकारी नीतिले अप्ठेरो परेको र अदालतको आदेश कार्यान्वयन गर्न आफु प्रयत्नसिल रहेको कुरुम्वाङ्गले बताए । कारागारको भिडभाड कर्म गर्न र कारागारमा नया आएका कैदीबन्दी राख्न सहज होस भनेर र महिला कैदीबन्दीलाई दैलेख र बर्दिया कारागारमा पठाइएको उनले बताए ।

प्रतिक्रिया

प्रतिक्रिया