सोमबार थप ५ सय ८१ जनामा कोरोना पुष्टि भएको छ । त्यसक्रममा बाँकेमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज थपिएका यीसहित हालसम्म संक्रमित हुनेको संख्या २७ हजार २ सय ४१ पुगेको छ । बाँकेमा ७ सय ३४ जनामा संक्रमण पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा देशभर सो संख्यामा संक्रमित थपिएका हुन् । थपिएका संक्रमितमा १ सय ७३ महिला र ४ सय ८ पुरुष छन् ।








