कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देशभरमा उकालो चढिरहेको छ । त्यसक्रममा पछिल्लो २४ घण्टामा ६४१ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, देशभरका प्रयोगशालामा १२ हजार २४७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या २६ हजार ६६० पुगेको छ । उनीहरुमध्ये १०४ जनाको मृत्यु भएको छ भने १७ हजार ३३५ जना निको भएका छन् ।
बाँकेमा भने २० जना थपिएका छन् । थपिएका १५ जना सशस्त्र प्रहरी, ३ जना बैंक कर्मचारी र २ अन्य छन् । जिल्ला कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरका संयोजक राम बहादुर कुरुम्वांगले आइतवार २० जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।








