बुटवलः लकडाउनमा थप कडाइ, उपमहानगरपालिका कार्यालय सिल

ऋषि गैरे
पछिल्लो २ दिनमा मात्र समुदाय स्तरमा ४० जना कोरोना संक्रमित पुष्टि भएपछि बुटवल उपमहानगरमा लकडाउन कडाइ गरिएको छ । उपमहानगरपालिकामा ३ जना अधिकृत सहित ४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै उपमहानगरपालिकाले स्वास्थ्य, सरसफाई र दमकल सेवा बाहेक सबै सेवाहरु आइतवारबाट अनिश्चितकालका लागि बन्द गरिएको कार्यालयका प्रेस सल्लाहकार अमृत गिरिले जानकारी दिए ।


उपमहानगरमा बैंक तथा वित्तीय संस्थाहरुमा बढी संक्रमण देखिएकाले आइतबार देखिनै लागु हुने गरि बैंक तथा वित्तीय संस्थाहरुलाई अनलाइन सेवामात्र प्रवाह गर्नेबाहेकका सबै सेवाहरु बन्द गर्न उपमहानगरपालिकाले अनुरोध गरेको छ । रुपन्देही पछिल्ला दिनमा कोरोना हटस्पटको रुपमा विकास हुने जोखिम देखापरेको छ ।
हेर्नुस्, भिडियो रिपोर्ट

प्रतिक्रिया

प्रतिक्रिया