घुससहित पक्राउ ओलीविरुद्ध मुद्दा

घरेलु तथा साना उद्योग कार्यालय बाँकेका अधिकृत हुकुम बहादुर ओली बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।
अख्तियारले दिएको जानकारी अनुसार, घरेलु तथा साना उद्योग कार्यालय, नेपालगञ्ज बाँकेका उद्योग अधिकृत (सातौं तह) हुकुम बहादुर ओलीले ठेक्का पट्टाको अनुमतिपत्र (लाइसेन्स) बनाईदिने कार्यमा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुसररिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिई गएको टोलीले निज हुकुम बहादुर ओलीलाई सेवाग्राहीबाट रु. ९६ हजार ३ सय घुसररिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।
अख्तियारका प्रवक्ता तारानाथ अधिकारीका अनुसार, भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भएकोले निजलाई बिगो रु.९६,३००।– (छयानब्वे हजार तीन सय रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ग) बमोजिम सजाय हुन मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको हो । अनुसन्धानको सिलसिलामा घरेलु तथा साना उद्योग कार्यालय, नेपालगन्ज, बाँकेका उद्योग अधिकृत (अधिकृत सातौं) हुकुम बहादुर ओलीले सेवाग्राहीले पेश गरेका कागजातहरु पुरा भएका छैनन् बाँकी रहेका कागजातहरु पेश नगरे काम नहुने डरत्रास देखाई बाँकी रहेका मेशिनरउपकरण किनेका कागजातहरुसमेत निज हुकुम बहादुर ओली आफैले बनाईदिने आशा देखाई उद्योग दर्ताको प्रमाणपत्र उपलब्ध गराउने बहानामा रु.९६,३००।–घुसररिसवत लिई भ्रष्टाचार गरेको पुष्टि हुन आएको दावी अख्तियारको छ ।

प्रतिक्रिया

प्रतिक्रिया