कोरोनाः बाँकेमा २२ मा थप संक्रमण

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको प्रभाव गर्ने क्रम जारी छ । त्यसक्रममा बाँकेमा विहीवार आजपनि २२ जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड क्राइसिस म्यानेजमेन्ट कमिटिका संयोजक समेत रहेका बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वांगले जानकारी दिएका छन् ।


यसैबीच, आन्तरिक राजस्व कार्यालयका कर्मचारी कोरोनामुक्त भएका छन् । आठ जना कर्मचारी उनका आफन्तसहित १३ जनामा संक्रमण भेटिएपछि साउन ९ गतेदेखि बन्द रहेको नेपालगञ्जस्थित आन्तरिक राजस्व कार्यालय तीन सातापछि आइतवारबाट पुनः सञ्चालनमा आउनेछ ।
उक्त कार्यालयको कर्मचारी निवासलाई नै आइसोलेसन बनाएर संक्रमितहरुलाई त्यहाँ राखिएकोले सो कार्यालयलाई बन्द गरिएको थियो ।
सो कार्यालयका एक जना अधिकृतलाई साउन ८ गते संक्रमण पुष्टि भएपछि उनको सम्पर्कमा आएकाहरुको परीक्षण गर्दा ८ जना कर्मचारी र उनका ५ जना आफन्त संक्रमित भेटिएका थिए ।
एउटै कार्यालयमा १३ जना संक्रमित भेटिएपछि कार्यालयको परिसर र कर्मचारी निवासलाई आइसोलेसन सेन्टर बनाइएको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया