पोजेटिभ आएपछि मोबाइल अफ !, हैरान जनस्वास्थ्य

कोरोना पोजेटिभ आएपछि मोबाइल स्वीच अफ गर्दा जन स्वास्थ्य कार्यालयलाई उनीहरुको व्यवस्थापनमा समस्या हुन थालेको छ । जनस्वास्थ्य कार्यालयले स्वाब दिएकाहरुको रिपोर्टबारे जानकारी गराउँदा मोबाइल नउठ्ने, स्वीच अफ हुने गरेको हो ।

जनस्वास्थ्य कार्यालयले दैनिक कोरोना पोजेटिभको रिपोर्ट तथा तिनीहरुको व्यवस्थापन बारे दैनिक केन्द्रमा रिपोर्ट पठाउनु पर्ने हुन्छ । तर, संक्रमितले मोबाइल अफ गर्दा व्यवस्थापनमा समस्या हुने गरेको हो । कोरोना पोजेटिभ सम्पर्कमा आउन नचाहने क्रम देखिन थालेपछि भेरी अस्पताल नेपालगन्जलाई रिपोर्ट सार्वजनिक गर्दा समेत पूर्ण विवरण नखुलाउन जनस्वास्थ्य कार्यालयले आग्रह गरिसकेको छ ।

जनस्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठ दैनिक रुपमा जिल्लामा कोरोना संक्रमितको रिपोर्ट बनाउँछन् । उनी कोरोना पोजेटिभले मोबाइल अफ गरेपछि हैरान छन् । आइतबार उनले सामाजिक सञ्जालमै पोष्ट गरेका छन्, ‘क्वारेन्टाइनमा नबसी स्वाब संकलन गराउने, पीसीआर रिपोर्ट पोजेटिभ आए पछि मोबाइल अफ गरी बेपत्ता हुनेहरुका कारण रिपोर्ट बनाउन सकिएन ।’

जनस्वास्थ्य अधिकृत श्रेष्ठको पोष्टमा भेरी अस्पतालमा कोरोना परीक्षणमा सक्रिय रहेको टिमका सदस्य प्रचण्ड गौतम लेख्नछन्, ‘स्वाब संकलन र परिक्षणको कुनै अर्थ रहेन हजुर, गाउँ समाजमा झन संक्रमण फैलाउने भए । अब रिपोर्ट पब्लिस गर्नु अगाडि पोजेटिभ जतिलाई रिपोर्ट आयो हजुर रिपोर्ट लिन आउनुस भन्ने अनि १४ दिन राख्ने ? अरू उपाय छैन ।’ उनैलाई रिप्लाई गर्दै जनस्वास्थ्यका फोकल पर्सन श्रेष्ठ लेख्छन्, ‘भोलिबाट ल्याब तिरै पठाइदिनु पर्ला सर, नेगेटिभ रिपोर्ट लिनुस् भन्दै त्यतै छोप्नु पर्ला ।’

प्रतिक्रिया

प्रतिक्रिया