नेपालगन्ज: चिकित्सकसहित १२ जनामा कोरोना संक्रमण पुष्टि

भेरी अस्पतालमा आज गरिएको चेकजाँचमा १२ जनामा थप संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालका अनुसार, नयाँ संक्रमण भएकोमा आर्मी अस्पताल राँझाका एक जना चिकित्सक सहित ३ जना, अदालतका ५ जना, खजुराका १ जना लगायत छन् । हेर्नुस् अस्पतालको सूची ।


आइतबार मुलकभर २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा भएको ८ हजार भन्दा बढी स्वाब परीक्षणमा २४६ जना संक्रमित भेटिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, कुल संक्रमितको संख्या २० हजार ३३२ जना रहेका छन् ।

कारोना भाइरसको संक्रमण समुदायस्तरमा फैलिएको आशंका गर्दै भिड नियन्त्रणका लागि बाँके जिल्लामा आजबाट निषेधित क्षेत्र जारी गरिएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वांगले संक्रमण समुदायस्तरमा फैलिएको अवस्था देखिएको औल्याउँदै निषेधाज्ञाको पालना गर्न आव्हान गरेका छन् । स्थानीय प्रशासनले हटस्पट पहिचान गरि सिल गर्ने योजना बनाइएको छ । त्यसका लागि सम्बद्धहरुसँग छलफल भइरहेको बताइएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया