नेपालगन्ज : के समुदायमै पुग्यो त कोरोना !

नेपालगन्जमा समुदायमै कोरोना पुगेको आशंकालाई बल पुग्ने गरी पछिल्ला रिपोर्टहरु आइरहेका छन् ।


भीडभाड हुने कार्यालयका कर्मचारीहरुमा कोरोना देखिएपनि उनीहरुलाई कोबाट सर्यो भन्ने एकिन हुन सकेको छैन । कर्मचारीलाई सेवा दिंदा कोरोना लागेको हुनसक्ने सम्भावना रहेपनि कोबाट कसरी सर्यो भन्ने एकिन नहुँदा समुदायमा कोरोना रहेको आशंकालाई बल पुगेको छ ।
यसअघि आन्तरिक राजश्व कार्यालय र यातायात कार्यालय नेपालगन्जका कर्मचारीमा कोरोना पुष्टि भएको छ । पछिल्लो पटक आन्तरिक राजश्वका ११ कर्मचारीमा कोरोना पुष्टि भएको छ ।
भित्रुवन चोकमा गरिएको रेन्डम सेम्पलिङमा पनि कोरोना पोजेटिभ भेटिएका थिए । त्यहाँ मिठाई पसले र आन्तरिक राजश्वका एक अधिकृतलाई कोरोना लागेको पुष्टि भएको थियो ।


ट्राभल हिष्ट्रि नरहेकामा कोरोना देखिनु, को बाट सर्यो भन्ने एकिन नहुनु नै कोरोना समुदायमा पुगेको आशंका गर्न सकिने अवस्था हो । सरकारले लकडाउन अन्त्य गरेको अवस्थामा बजारमा रहेको चहलपहल, सुरक्षा मापदण्डमा गरिएको लापरवाहीले थप जोखिम निम्त्याएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया