कोरोनाः १९ हजार नाघ्यो संक्रमण

देशभरका प्रयोगशालामा ६ हजार ३७ नमुना परीक्षण गर्दा पछिल्लो २४ घण्टामा थप २१० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या १९ हजार २७३ पुगेको छ । उनीहरुमध्ये ४९ जनाको मृत्यु भएको छ भने १४ हजार २१ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा देशभरका आइसोलेसन सेन्टरबाट १४६ जना डिस्चार्ज भएका थिए । सरकारले कोरोना संक्रमणको जोखिम उस्तै रहेको भन्दै उच्च सतर्कताका लागि आव्हान गरेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया