बाँकेमा कोरोना संक्रमितको संख्या चार सय नाघेको छ । सोमबार थप दुई जनामा कोरोना देखिएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । यससंगै बाँकेमा संक्रमित हुनेहरुको संख्या ४ सय ६ पुगेको छ ।
भेरी अस्पताल नेपालगन्जले सोमबार दिएको जानकारी अनुसार, भेरीमा गरिएको परीक्षणमा बाँकेमा दुई सहित ८ जनामा कोरोना पुष्टि भएको छ । २ सय ६५ स्वाबको परीक्षण गर्दा दाङका ५, प्युठानका १ र बाँके राप्तीसोनारीका २ मा कोरोना देखिएको हो ।
देशभर पछिल्लो २४ घण्टामा थप १३९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । थप एक संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै दैलेखमा २८ जना कोरोना संक्रमित थपिएका छन् ।