बाँकेमा रेन्डम स्याम्पल लिएर कोरोना परीक्षण गर्दा विद्यार्थी र कर्मचारीमा कोरोना पुष्टि भएको छ । दुवै संक्रमित नेपालगन्ज ११ र १२ का हुन् ।
स्वास्थ्य कार्यालय बाँकेले दिएको जानकारी अनुसार, क्वारेन्टाइनमा नरहेका विद्यार्थी र कर्मचारीमा कोरोना देखिएको हो । बाँकेमा कोरोना संक्रमित घटिरहेका बेला रेन्डम स्याम्पलिङ्गबाट कोरोना पुष्टि हुँदा जोखिम बढी नै रहेको देखिएको छ ।