बिहीबार नेपालमा १ सय ४७ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म १८ हजार २४१ जनामा कोरोना संक्रमण भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार, सक्रिय संक्रमितको संख्या ५ हजार ३ सय ५८ रहेको छ । बिहीबार कोरोना संक्रमणबाट वीरगञ्जमा एक जनाको मृत्यु भएको छ । विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। विभिन्न अस्पतालमा हाल सक्रिय संक्रमितको संख्या ५ हजार ३ सय ५८ छ। मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ८१ जनाको पिसिआर परीक्षण भएको छ। त्यस्तै २४ घण्टामा १ सय ५६ जना कोरोनाबाट मुक्त भएका छन्।
यीसहित हालसम्म १२ हजार ८ सय ४० जना निको भइसकेका छन्। ४३ जनाको कोरोनाका कारण मृत्यु भएको छ।








