लकडाउन अन्त

सरकारले कोरोना कहरका कारण लगाएको लकडाउन १२० दिनपछि आज मध्यरातबाट हटाउने भएको छ । मंगलबार मध्यरातदेखि लकडाउन पूर्ण रुपमा हटाउने निर्णय गरिएको सरकारका प्रवक्ता एवं सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिएका छन् ।
प्रवक्ता खतिवडाका अनुसार, मन्त्रिपरिषद्को सोमबार बसेको वैठकले चैत ११ गतेदेखि जारी लकडाउन साउन ६ अर्थात मंगलबार मध्यरातदेखि अन्त्य गर्ने निर्णय गरेको हो । कोरोना कहरका कारण संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि लकडाउन गरेको थियो ।

सरकारले केही क्षेत्रमा प्रतिबन्ध कायमै राखेको जनाएको छ । प्रवक्ता खतिवडाका अनुसार, शैक्षिक संस्था, सभा गोष्ठी, प्रदर्शन भेला र सम्मेलन, सिनेमा हल, डान्स बारलगायतका मनोरञ्जन स्थल, सैलुन, व्यूटी पार्लर, जिमखाना, हेल्थ क्लब, समूहमा खेलिने खेल, धार्मिक स्थलहरु, पुस्तकालय, संग्राहलयहरु र चिडिया खाना अझै खुल्ने छैनन् । होटल तथा रेष्टुरेन्टहरु साउन १५ बाट खुला गर्न अनुमति दिएको छ । भदौ १ गतेबाट विद्यार्थी भर्ना र परीक्षा लगायतका गतिविधि गर्न छुट दिएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया