
कारागार र कैदीबन्दीको अवस्था बारे जानकारी लिन अधिकारकर्मीद्धारा कारागार अनुगमन, कैदीबन्दीमा कोरोना त्रास कारागार कार्यालय बाँकेका एक थुनुवा र एक जना प्रहरी कोरोना संक्रमित भएका छन् ।
चोरी मुद्दामा धरौटी बुझाउन नसके पछि पुर्पक्षको बन्दी जीवन विताइरहेका नेपालगन्ज ६ फुल्टेक्राका २८ वर्षिय एक पुरुष र कारागार सुरक्षामा रहेका एक प्रहरी जवानमा कोरोना संक्रमण पुष्टि भएको जेलर देबेन्द्र श्रेष्ठले जानकारी दिए । मिति २०७७ असार २० गते बिरामी भै कारागामा लडेका ति थुनुवालाई उपचारका लागी भेरी अस्पतालमा लगीएको थियो । भर्ना गरेर नै बिरामी थुनुवाको उपचार गर्नु पर्ने भए पछि गत असार २२ गते भेरी अस्पतालमा भर्ना गरि रगतको कमी भएका कारण असार २३ गते रगत चढाउनु परेको जेलर श्रेष्ठले बताए ।
बिरामीलाई हल्का ज्वरो आएकोले असार २४ गते बाँके कारागारमा लगी छुट्टै आइसोलेसन कक्षमा राखिएको थियो । कारागारमा बनाईएको आईसोलेसन कोठामा बिरामी थुनुवा र असई सहित २ प्रहरीलाइ बसाईएको थियो । कोरोना आसंकामा बिरामी थुनुवा सहित २ प्रहरीको पिसीआर चेकजाँच गराईएकोमा ति बिरामी थुनुवा र तिनका २ कुरुवा प्रहरी मध्ये एक प्रहरी जवानलाई कोरोना संक्रमण भएको पुष्टि भएको थियो । उनीसँगै गएका प्रहरीको पनि रिपोर्ट पोजेटिभ आए पछि दुबै जनालाई खजुरा स्थित आइसोलेशन सेन्टरमा पठाईएको जेलर श्रेष्ठले जानकारी दिए । कारागार प्रशासनले लकडाउन अघि देखि नै कैदीबन्दी भेटघाटमा रोक लगाएको छ । अधिकारकर्मीद्धारा कारागार अनुगमन कारागारका थुनुवा र प्रहरीलाई कोरोना संक्रमण भएको पुष्टि भए पछि कारागार र थुनुवाको अवस्था बुझ्न अधिकारकर्मीको एक टोलीले कारागार भ्रमण गरेको छ ।
अधिकारकर्मी वसन्त गौतम र नेपालगंज उच्च बारका अध्यक्ष बिकाश आचार्यले सुक्रबार कारागारको भ्रमण गरि कारागार र थुनुवाको अवस्था बारे जानकारी लिएका थिए । एक जना थुनुवालाई कोरोना संक्रमण भेटिए पछि अस्पताल लैजानु अघि बिरामी थुनुवाको सम्पर्कमा रहेका कैदीबन्दीहरुमा कोरोनाको त्रास रहेको कारागारका निमिक्त चौकिदार चुन्ना जसगढले अनुगमन टोलीलाई बताएका थिए । बिरामी थुनुवासंग सम्पर्कमा आएका ५०÷६० जनाको कोरोनाको पिसिआर चेकजाँचको ब्यवस्था मिलाउनु पर्ने निमिक्त चौकीदार जसगढले बताएका छन् । कारागारको सधैको समस्या ः क्षमता भन्दा बढी कैदीबन्दी ३०० जनाको क्षमता भएको बाँके कारागारमा हाल ७७७ जना कैदीबन्दी रहेका छन् । २५० पुरुष कैदी बन्दी राख्ने क्षमता भएको बाँके कारागारमा हाल ७२८ कैदीबन्दी छन् भने ५० जनाको क्षमता भएको महिला कारागारमा ४७ कैदीबन्दी महिला र उनीहरुको साथमा २ जना आक्षित नावालक रहेका छन् ।
बाँके कारागारमा ४०३ जना कैदी र ३७२ जना बन्दी थुनुवा रहेका छन् । महिला कैदीबन्दीका साथ २ जना आश्रित नावालक रहेको पाईएको अनुगमनमा गएका अधिकारकर्मी वसन्त गौतमले जानकारी दिए । अधिकारकर्मीले कारागारको अवस्था र देखिएका समस्या बारे जेलर देवेन्द्र श्रेष्ठ र निमित्त पुरुष र महिला चौकीदार क्रमस चुन्ना जसगढ र ललिता रेग्मीसंग जानकारी लिएका थिए । यस क्रममा जेलर देवेन्द्र श्रेष्ठले क्षमता भन्दा बढी कैदीबन्दी हुन सबैभन्दा ठुलो समस्या भएको र गर्मिमा पुरुष थुनुवालाई बस्न अप्ठेरो परेको बताए । उपचारका लागी अन्य जिल्लाबाट समेत बाँकेमा कैदीकन्दीलाई ल्याईने गरेका कारण बाँके कारागारमा ठुलो सख्यामा कैदीबन्दी रहेको जेलर श्रेष्ठले बताए । कैदीबन्दीको संख्या कम गर्न अन्य जिल्लामा स्थानान्तरण गर्न पहल भएको श्रेष्ठले भने । यसै गरि पुरुष चौकीदार चुन्ना जसगढले पनि क्षमता भन्दा बढी पुरुष कैदीबन्दी हुँदा थुनुवालाई निकै समस्या भएको बताए ।

क्षमता भन्दा बढी कैदीबन्दी भएको बाँके कारागारमा बिजुलि बत्ति जाँदा जेनेटर र शुद्ध खानेपानीको ब्यवस्था नहुदा समस्या परेकोमा प्रदेश सरकारबाट इन्भटर र शुद्ध खानेपानीका लागी मेसिन जडान भए पछि केहि सहज भएको जेलर देवेन्द्र श्रेष्ठले जानकारी दिए । जेनेटर भए पनि बिजुली नआउँदा बत्ति मात्र बल्ने र पंखा नचल्ने हुँदा नेपालगंजको चर्को गर्मिमा समस्या भएको पाईएको अधिकारकर्मी बिकाश आचार्यले बताए । कैदीबन्दीलाई नियमित स्वास्थ्यजाँचको ब्यवस्था भएको र आवश्यकता अनुसार अस्पताल लैजाने गरिएको जेलर र चौकीदार दुवैले अधिकारकर्मीको टोलीलाई बताएका थिए । तर कारागारका झण्डै ५० प्रतिशत बढी कैदीबन्दीलाई छाला रोगको संक्रमणको समस्या रहेको भनी जेलर र कैदीबन्दीका चौकीदारले अधिकारअकर्मीलाई जानकारी गराएका थिए ।
महिला कैदीबन्दीले पुरुष स्वास्थ्यकर्मीसंग खुलेर आफ्ना समस्या राख्न नसकेकाले स्त्री रोग बिशेषज्ञसंग परामर्शको आवश्यकता रहेको र सोको ब्यवस्थापनका लागी अधिकारकर्मीसंग अनुरोध गरेको अनुगमनमा गएका अधिकारकर्मीले बताए । बालसुधार गृहमा जस्तै बाँके कारागारका कैदीबन्दीमा छाला रोगको समस्या भएको पाईएकाले उपचारको पहल गरिएको गौतमले बताए ।
बाँके कारागारमा वाक थु्र मेसिन
जडान बाँके कारागारमा सुरक्ष्ााँ चेकजाचका लागी वाक थु्र मेसिन गेट जडान गरिएको छ । कारागारमा कैदीबन्दी भेटघाटका लागी आउने आफन्त लगायत कारागार भित्र प्रवेश गर्ने ब्यक्तिको सुरक्षा चेकजाँचका लागी वाक थु्र मेसिन गेटको जडान गरिएको हो । यसबाट कारागार प्रवेश गर्नेको सम्पुर्ण चेकजाँच हुने र यसले हातहतियार लगायतका अबैध सामाग्री देखाउने भएकाले सुरक्षा ब्यवस्था मिलाउन सहज हुने जेलर देवेन्द्र श्रेष्ठले बताए ।








