सिकाइँदै बाढी विपद् उद्धार

जिल्ला विपद् व्यवस्थापन समितिमार्फत बाँके र बर्दियामा सुरक्षाकर्मी सम्मिलित प्राविधिकहरुले बाढी विपद् कृतिम उद्धार कार्यको प्रयोगात्मक अभ्यास गरिएको हो ।

बाढीको जोखिम बढ्दै जाँदा बाँके र बर्दियाका जोखिमयुक्त नदीमा जिल्ला विपद् व्यवस्थापन समितिले विपद्बाट जोगाउन उद्धारका लागि कृतिम घटना अभ्यास गरिएको छ । वाढीको वखत हुनसक्ने मानवीय तथा भौतिक क्षति तथा खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउने उद्देश्यका साथ बाँकेको राप्ती र बर्दियाको बबई नदिमा कृतिम घटना अभ्यास कार्यक्रम गरिएको हो ।
जिल्ला विपद् व्यवस्थापन समितिको नेतृत्व लिएका दुबै जिल्लाका प्रमुख जिल्ला अधिकारीका आ आफ्ना कमाण्डमा बाढीको बेला हुनसक्ने खतरा र त्यसको प्रभावकारी खोज तथा उद्धारमा प्रयोग हुने उद्धार सामाग्री र जनशक्तिको परिचालन गरिएको थियो । खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउने उद्देश्यका साथ हरेक वर्ष राप्ती नदिमा बाढी कृतिम घटना अभ्यास कार्यक्रम गरिंदै आएको जिल्ला आपतकालिन कार्यसंचालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत गौरीलाल बुढाथोकीले जानकारी दिए ।
बुढाथोकीका अनुसार, नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको प्राविधिक सहयोग र उपस्थितिमा बाढीको कृतिम घटना अभ्यास गरिएको थियो । घटना अभ्यासमा उद्धार गरि ल्याइएका घाइतेहरुलाई नेपाल रेडक्रस सोसाइटीका प्राथमिक उपचारक टोलीले उपचार सेवा प्रदानगरि नजिकको अस्पतालमा पठाउने अभ्यास गरे ।
१ सय ७० जनाको प्रत्यक्ष सहभागितामा राप्ती नदिको सिधनियाघाटमा भएको कार्यक्रममा प्रजिअ रामबहादुर कुरुम्वांगले कृतिम घटना अभ्यासले वाढीका वखत जनशक्ति तथा आवश्यक खोज तथा उद्धार सामाग्रीको पुर्वतयारी गर्न सहयोग पुगेको बताए ।
शुक्रबारनै बर्दियामा बाढी प्रतिकार्य प्रभावकारी बनाउन कृतिम घटना अभ्यास गरिएको पत्रकार दीपकलाल श्रेष्ठ दिएको समाचारमा उल्लेख छ । पत्रकार श्रेष्ठका अनुसार, जिल्ला विपद् व्यवस्थापन समिति बर्दियाले बाढीको कृतिम घटना अभ्यास आयोजना गरेको हो ।
बर्दियाका जिल्ला आपतकालिन कार्यसंचालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले वाढीको वखत हुनसक्ने मानविय तथा भौतिक क्षति तथा खोज तथा उद्धार कार्यलाई प्रभावकारी वनाउने उद्देश्यका साथ हरेक वर्ष झै यस बर्ष पनि बबई नदिमा कृतिम घटना अभ्यास कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।
ज्ञवालीका अनुसार, नेपाल प्रहरी, सशस्त्र प्रहरी नेपाली सेना तथा रेडक्रसको सहभागितामा भएको वाढीको कृतिम घटना अभ्यासमा करिव १ सयजना जनशक्तिको सहभागी रहेको थियो । जिल्ला विपद् पुर्व तयारी तथा प्रतिकार्य योजना २०७७ अनुसार बबई नदिको भादा पुल नजिकै कार्यक्रम आयोजना गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी एंव जिल्ला विपद् व्यवस्थापन समिति बर्दियाका अध्यक्ष लिलाधर अधिकारीले मनसुन सकृय रहेको र बाढी आइहालेमा त्यसको प्रतिकार्य गर्न जिल्ला तयारी अवस्थामा रहेको बताए ।

प्रतिक्रिया

प्रतिक्रिया