व्यवसायिक पीडाका ११ बूँदा

बाँकेका होटल, पर्यटन तथा रेष्टुरेन्ट व्यवसायीहरुले निरन्तरको लकडाउनका कारण व्यवसाय ध्वस्त भएपछि राहतको आशमा सरकार गुहार्दै आएका छन् ।

व्यवसाय थलिएपछि होटल व्यवसायीहरुले सरकार गुहारेका छन् । कोरोना कहरका कारण जारी निरन्तरको लकडाउनले बाँकेमा होटल व्यवसायी धराशयी भएपछि व्यवसायीहरुले सरकार गुहारेका हुन् ।
आइतबार व्यवसायी सम्बद्ध संघ संस्थाहरुले सयुक्त रुपमा बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वांग मार्फत सरकारलाई ज्ञापनपत्र पठाउँदै आफ्नो पछिल्लो अवस्थाका ११ बूँदे माग अघि सारेका छन् । उनीहरूले सरकारसँग राहत प्याकेज ल्याउन माग पछिल्लो अवस्थाबारे सरकारलाई अवगत गराएको होटल व्यवसायी संघ नेपालगन्ज बाँकेका प्रवक्ता डिलाराम पौडेलले जानकारी दिए ।
गतचैत्र ११ गते देखिको लकडाउनका कारण मुलुकभरका होटल, रेष्टुरेण्ट तथा पर्यटन व्यवसाय पूर्ण रूपमा बन्द छ । लकडाउनले बाँकेको पर्यटन व्यवसाय र पर्यटकिय क्षेत्रमा ठुलो प्रभाव पारेको प्रवक्ता पौडेलले बताए ।
होटल व्यवसायी संघका अनुसार, बाँकेमा चार हजार होटल तथा रेष्टुरेण्ट व्यवसाय बन्द छन् । झण्डै २५ हजार कर्मचारी बेरोजगार भएको होटल व्यवसायी संघको अनुमान छ । संघले दिएको जानकारी अनुसार, बैंक तथा वित्तीय संस्थाहरु बाट २० अर्ब र व्यक्तिगत क्षेत्रबाट १० अर्ब भन्दा बढि लगानी रहेको बाँकेको होटल तथा रेष्टरेन्ट व्यवसायमा लगानी छ ।
होटल व्यवसायी संघ, बाँके नेपालगन्जका अध्यक्ष भिमलाल कँडेल, कोहलपुरका अध्यक्ष एकनारायण चापागाई र बाँके होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ नेपालगन्जका अध्यक्ष उमा ग्राण्डनले संयुक्त ज्ञापनपत्र बुझाएका हुन् । उनीहरुले घरभाडा छुट, बिजुली पानीको महसुल छुट, करमा सहुलियतका व्यवस्था लगायतका माग अघि सारेका छन् । व्यवसायीका ११ बूँदे मागलाई सरकारले सुुनुवाईको अपेक्षा गरिएको प्रवक्ता पौडेलको भनाइ छ ।

प्रतिक्रिया

प्रतिक्रिया