३ दिन अघि दुधमा अखाद्य बस्तु मिसाउदै गरेको आरोपमा पक्राउ परेका शत्रुघन कुर्मीलाई खाद्य ऐन अनुसार मुद्धा चलाईने भएको छ । अखाद्य बस्तु मिसावट गरेको अवस्थामा स्थानियले नियन्त्रणमा लिई प्रहरीलाई बुझाए पछि मुद्धाको प्रक्रिया अगाडी बढेको थियो । पक्राउ परेका कुर्मिलाई प्रहरीले खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय नेपालगंजमा बुझाएको थियो ।
नमुना संकलन गरिएको दुध ल्यावमा परिक्षण गर्दा न्यूटिलाईजर उपस्थित भएको पाईएकोले कुर्मिलाइ खाद्य ऐन अनुसार मुद्धा चलाउन लागिएको खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय नेपालगंजकी खाद्य निरिक्षक नेत्रा बोगटीले जानकारी दिईन । परिक्षण गरिएको दुधमा न्यूटिलाईजर सोडा मिसाएको पाईएकोले जानकारी दिदै खाद्य निरिक्षक बोगटीले दुधमा अनुपस्थित हुनु पर्ने बस्तु मिसावट भएको पाईएकोले मुद्धा चल्ने बताईन । यस्तो कार्यलाई खाद्य ऐन २०२३ ले बन्देश गरेकाले दुषित खाद्य पदार्थ अन्तरगत मुद्धा चल्ने मुद्धाको अनुसन्धान अधिकृत समेत रहेकी नेत्रा बोगटीले जानकारी दिईन । आरोप प्रमाणित भए ५० हजार जरिवाना वा ५ बर्ष कैदको सजाय हुने कानूनी ब्यवस्था रहेको छ ।
यो घटनाले दुध नफाटोस भन्नका नेपालगंजका बजारमा दुध डुलाएर बिक्रि गर्ने दुधवालालले न्यूटिलाईज लगायतका सोडा मिसाउदा रहेछन् भन्ने देखाएको छ ।दुधमा अनुपस्थित हुनु पर्ने न्यूटिलाईजर सोडा मिसाउदा दुध दुषित हुने र यसले उपभोक्ताको स्वास्थ्यमा असर पार्ने यस्ता कुरामा उपभोक्ता सचेत हुनु पर्ने उपभोक्ता अधिकारकर्मी बताउछन् । दुध तथा दुग्ध पदार्थको स्वच्छता एवं गुणस्तर निर्देशिका २०७५ लाई चुनौती दिदै नेपालगंजमा दुधको बिक्रि बितरण भए पनि कारवाही न्यून हुने गरेको छ ।
दुध तथा दुग्ध पदार्थको स्वच्छता एवंम गुणस्तर सम्बन्धी मापदण्ड अनुसार किसानले आफुले उत्पादन गरेको दुध स्वच्छता कायम गरेर २ घण्टा भित्र बजारमा ल्याएर बिक्रि बितरण गर्न पाउने ब्यवस्था भएता पनि निर्देशिका बिपरित पक्राउ परेका शत्रुधन कुर्मिले घरघरबाट दुध खरिद गरि ८८ लिटर दुध ३ क्यानमा राखेर बिक्रि बितरणका लागी बर्दियाबाट नेपालगंजमा ल्याई दुधमा मिसावट गर्न नपाईने न्यूटिलाईजर सोडा मिसाएर बिक्रि गर्न लागेको आरोप लगाईएको छ ।
नेपालगंजको बजारमा भारत लगायत बाँकेका बिभिन्न गाउँबाट दुध संकलन गरेर ल्याई कानूनी मापदण्ड बिपरित सस्कास्पद गुणस्तरको दुध बिक्रि बितरण भईरहेकोले त्यसको प्रभावकारी नियमन र रोकथान हुनु पर्ने उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रिय सदस्य वसन्त गौतमले बताए ।
नेपाल सरकार कृषि तथा पशुपक्षी बिकाश मन्त्रालयले २०७५÷६÷४ गते दुध तथा दुग्ध पदार्थको स्वच्छता एवं गुणस्तर निर्देशिका २०७५ स्वीकृत गरि २०७६ बैशाख देखि कार्यान्वयनमा ल्याएको भएता पनि निर्देशिका बिपरित नेपालगंजमा डेरीका पसलका नाममा धेरैले खुल्ला रुपमा दुधको बिक्रि बितरण भैरहेको र गाउँगाउँबाट दुध जम्मा गरि क्यानमा दुध ल्याएर टोल टोलमा बिक्रि बितरण गर्ने गरेको पाईएको गौतमले बताए । यस्ता दुधमा दुधको गुणस्तर स्वच्छतामा गंभिर आसंका रहेकोले उपभोक्ता सचेत हुनु पर्ने गौतमले भने ।








