बेहाल होटल, राष्ट्र बैंकसँग गुहार

कोरोना कहरपछिको लकडाउनले होटल व्यवसाय क्षेत्र धराशयी भएको भन्दै व्यवसायीहरुले सरकारसँग गुहार मागेका छन् । होटल व्यवसायीहरुको संस्था, होटल व्यवसायी संघ बाँके नेपालगन्जले सोमवार नेपाल राष्ट्र बैंकका अधिकारीहरुसंग अन्तक्र्रियात्मक छलफलसँगै आफ्ना मागहरुमा ध्यानाकर्षण गराएको छ ।


राष्ट्र बैंकका निर्देशक मुक्ति प्रसाद सापकोटालाई संयुक्त ज्ञापनपत्र बुझाउँदै संघका अध्यक्ष भिमलाल कंडेल र सचिव प्रेम शाहले विभिन्न ५ बुँदै समस्या ध्यानाकर्षण गराएका छन् । लकडाउन अवधिको कर्जामा व्याज छुट माग गरिएको ज्ञापनपत्रमा पर्यटन व्यवसायीलाई कर्जाको सरलीकरण र अनुदानसम्मका सहुलियत खोजिएको छ ।


होटल व्यवसायी महासंघ प्रदेश ५ का अध्यक्ष भाष्कर काफ्ले, संघका सल्लाहकार नारद पुरी, रेशम पोखरेल, सुरेन्द्र श्रेष्ठ लगायतका व्यवसायीहरुले व्याप्त समस्याबारे राष्ट्र बैंकका अधिकारीसँग छलफल गरेका थिए ।


ज्ञापनपत्र बुझ्दै राष्ट्र बैंकका निर्देशक मुक्ति प्रसाद सापकोटाले व्यवसायीहरुबाट आइरहेका गुनासामा आफुले गम्भीरतापूर्वक लिएको बताए । उनले निरन्तरका गुनासालाई लिएर बैंक तथा वित्तीय संस्थाका प्रमुखहरुसंग मंगलवार छलफल गर्न लागिएकोे बताए । सबै पक्षको कुरा सुनेपछि समस्याको पहिचान गरेर समाधानमा सहजीकरण गरिनेछ, निर्देशक सापकोटाले दैनिक नेपालगन्जसँग भने ।

क्यालेण्डर विमोचन
होटल ब्यवसायी संघ बाके, नेपालगन्जले २०७७ को क्यालेण्डर बिमोचन गरेको छ । होटल व्यवसायी महासंघका प्रदेश अध्यक्ष भाष्कर काफ्लेको आतिथ्यमा भएको कार्यक्रममा अध्यक्ष भिमलाल कंडेल सहितका पूर्व अध्यक्षहरुले संयुक्त रुपमा विमोचन गरिएको प्रवक्ता दिलाराम पौडेलले जानकारी दिए ।

प्रतिक्रिया

प्रतिक्रिया