७६ जिल्ला पुग्यो कोरोना, एकैदिन ५ सय ३५ संक्रमित थपिए

नेपालको ७७ मध्ये ७६ जिल्लामा कोरोना संक्रमित भेटिइसकेका छन् ।

सोमबार स्वास्थ्य मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा डा. जागेश्वर गौतमले सोमबार नेपालका विभिन्न प्रयोगशालामा भएको परीक्षणमा ५ सय ३५ संक्रमित थपिएको जानकारी दिएका छन् । जसमा ७४ महिला रहेका छन् ।


नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार ५ सय ६१ पुगेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया