भेरी अस्पताल नेपालगन्जमा भएको पीसीआर परीक्षणमा ३२ जनामा कोरोना पुष्टि भएको छ । अस्पतालले गत २४ घण्टामा भएको परीक्षणमा बाँकेका १ र बर्दियाका ३१ जनामा कोरोना पुष्टि भएको बताएको हो ।
अस्पतालका अनुसार, बाँकेमा कोरोना पुष्टि भएको १ जनाको मृत्यु भैसकेको छ । मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा एक महिलाको मृत्यु भएको हो । उनमा कोरोना पुष्टि भएको भेरी अस्पतालले आज बुधबार सार्वजनिक गरेको हो ।









