राप्तीमा खस्यो ट्याक्टर, एक मृत्यु- एक बेपत्ता

राप्ती सोनारी २ अगैया पुल देखि १०० मिटर तल राप्ती नदिमा ना ७ त ५१८ नम्बरको ट्याक्टर अनियंत्रित भइ खस्दा बेपत्ता एकजना मृत भेटिएका छन् । चालक सहित बेपत्ता भएका दुई मध्ये एक मृत भेटिएका हुन् । पत्रकार हेमन्त चौधरीका अनुसार, हाम फालेर एक जना बाच्न सफल भएका छन् ।

राप्तीमा ट्याक्टर खसेको थाह पाएपछि आत्तिएर घटनास्थल पुगेका आफन्त । तस्विरः हेमन्त चौधरी

राप्ती सोनारी ३ घर भएका २६ वर्षिय चुर्ण बहादुर थारुको शब फेला परेको पत्रकार चौधरीले जानकारी दिएका छन् । वेपत्ता हुनेमा राप्ती सोनारी ३ भगौतिपुरका १७ वर्षिय सुनिल थारु छन् । राप्ती सोनारी १ जरुवाका १९ वर्षिय ऋषि विकभने बाँच्न सफल भएको बताइएको छ ।
सशस्त्र प्रहरीको गोताखोर टालीले चूर्णको शव फेला पारेको हो । अर्काेको पनि खोजीकार्य भइरहेको बताइएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया