बाँकेमा कोरोना संक्रमितको संख्या ३ सय नाघेको छ । भेरी अस्पताल नेपालगन्जका अनुसार, शनिबार बाँकेमा थप १९ मा कोरोना पुष्टि भएको हो ।
भेरी अस्पतालमा गरिएको परीक्षणमा बर्दियामा ६ र रोल्पाका १७ मा पनि कोरोना पुष्टि भएको हो । बाँकेमा कोरोना संक्रमितको संख्या ३ सय १५ पुगेको छ ।