सीमा क्षेत्रबाट उद्धार गरिएका नेपालीहरुलाई क्वारेन्टिन स्थलमा लिएर जाँदै गरेको टिपर कालिकोटको रासकोट नगरपालिकामा दुर्घटना भएको छ । टिपरमा करिब ३८–३९ जना सवार रहेको र उनीहरुको अवस्थाबारे बुझ्दै गरेको प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले जानकारी दिएको अनलाइन खबरले प्रकाशित गरेको छ । टिपर लालीघाट भन्ने स्थानमा दुर्घटना भएको हो । टिपर नदीमा खसेको छ । दुर्घटनास्थलमा नेपाली सेना र प्रहरीहरुको टोली उद्धारमा खटिएको समाचारमा उल्लेख छ ।








