कोरोना संक्रमितको शल्यक्रिया सफल

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले आज कोरोना संक्रमित एक गर्भवती महिलाको सफल शल्यक्रिया गरेको छ । अस्पतालका अन्य सबै सेवा बन्द गरेर अछाम बयलपाटा अस्पतालबाट रिफर २५ बर्षीया १८ हप्ताकी गर्भवती महिलाको आन्द्रा बेरिएको (Acute Intestinal Obstruction) कारण आपतकालीन अप्रेशन गरिएको हो ।
कलेजका सह निर्देशक डा. नितेश कुमार कनोडियाकाका अनुसार, उपचारका लागि ल्याइएकी विरामीमा पीसीआर चेक गर्दा कोरोना सङ्क्रमित पुष्टि भएपछि अस्पतालले आन्तरिक ब्यबस्थापनका लागि मंगलवार शिक्षण अस्पताल पुरै बन्द गरेर शल्यक्रिया गरेको हो । एक दिन मात्र कोहलपूर अस्पतालको सम्पुर्ण बहिरङ्ग सेवा, आकस्मिक सेवा बन्द गरिएको र बुधवारबाट सुरक्षीत साथ सबै सेवाहरु सुचारु हूने डा. कनोडियाले बताए ।
अछाम चोरकोट गाउपालिका वडा नं. ५ घर भएकी १८ हप्ताकी गर्भवतीसमेत रहनुभएकी ती महिलाको आन्द्रा बेरिएकोले मङ्गलबार दिउँसो आन्द्राको सफल शल्यक्रिया थियो । शल्यक्रिया डा. प्रदीप थापा, डा. आशिष भट्टलगायतको टोलीले गरेको हो ।
अछामको बयलपाटा अस्पतालमा स्वास्थ्य अवस्था बिग्रिएपछि सोमबार हेलिकोप्टरबाट कोहलपुर ल्याइएको थियो । भारतबाट आएर क्यारेन्टाइनमा रहेकोले कोरोना परीक्षण गरिएकोमा रिपोर्ट पोजिटिभ आएको थियो । नेपालगन्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुर नेपाल सरकारको कोभिड १९ को उपचारमा तेस्रो श्रेणीमा वर्गिकृत महत्वपूर्ण अस्पताल हो ।

प्रतिक्रिया

प्रतिक्रिया