कोभिडका कारण मृत्यु हुनेको संख्या १३ पुग्यो

नेपालमा कोभिडका कारण मृत्यु हुनेको संख्या १३ पुगेको छ । शनिबार स्वास्थ्य मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा डा. विकास देवकोटाले दुई मृतकमा कोभिड पोजेटिभ पाइएको जानकारी दिएका हुन् ।


जेठ २१ गते मृत्यु भएका डोल्पाका ५८ बर्षीय पुरुषको कोभिड पोजटिभ रहेको पुष्टि भएको छ । उनी दमको रोगी भएको मन्त्रालयले जनाएको छ । जेठ २३ गते धनगढी ४ की ५५ बर्षीय महिलाको डाइलोसिस गर्दागर्दै मृत्यु भएको छ । उनमा पनि कोरोना पोजेटिभ रहेको पुष्टि भएको छ ।

नेपालमा गत २४ घण्टामा ४ हजार १ सय ११ वटा पीसीआर टेष्ट गरिएको छ । हालसम्म ९२ हजारको पीसीआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलेको शनिबार भएको नियमित पत्रकार सम्मेलनमा डा. विकास देवकोटाले जानकारी दिएका छन् ।


नेपालमा शनिबारसम्म ९२ हजारको पीसीआर टेष्ट गर्दा ३ हजार २ सय ३५ पोजेटिभ भेटिएका छन् । शनिबार मात्रै ३ सय २३ जना थपिएका हुन् ।

यसअघि शनिबार दिउँसको बाँकेका १२ र बर्दियाका २८ जनामा कोरोना पुष्टि भएको भेरी अस्पताल नेपालगन्जले जानकारी दिइसकेको छ । बाँकेको खजुरा अस्पतालबाट ४ जना कोरोना निको भएर शनिबार डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया