बाँकेमा कोरोना कहर

बाँकेको बिहीबार मात्रै 42 जनामा कोरोना पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्जमा गरिएको परीक्षण अनुसार, बाँकेको जानकीमा 40 जनामा कोरोना देखिएको छ । जानकीमा पहिलो पटक कोरोना देखिएको हो ।

स्वास्थ्य मन्त्रालयले बिहीबार गरेको नियमित पत्रकार सम्मेलनमा डा. विकास देवकोटाले बाँकेमा ४२ जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् । नेपालगन्ज उपमहानगरपालिकामा 2 जनामा कोरोना पुष्टि भएको छ ।

विगतमा जानकी गाउँपालिकामा क्वारेन्टाइनमा बसेकाको पीसीआर र आरडीटी नगरीकनै १४ दिनपछि लक्षण नदेखिएको भन्दै घर फर्काइएको थियो । यो सँगै बाँकेमा कोरोना संक्रमितको संख्या 255 पुगेका छ ।

जानकीसँगै आठ स्थानीय तह रहेको बाँकेको ७ वटा स्थानीय कोरोना देखिइसकेको छ । कोहलपुरमा मात्रै हालसम्म कोरोना नदेखिएको हो ।

(तथ्यांक स्रोत : नरेश श्रेष्ठ, स्वास्थ्य कार्यालय बाँके)

प्रतिक्रिया

प्रतिक्रिया