कोरोना संक्रमितको संख्या थपिंदै गएको छ । भेरी अस्पताल नेपालगन्जमा गरिएको परीक्षणमा २० जना पोजेटिभ आएको छ । खजुरा, नरैनापुर र राप्तीसोनारी गाउँपालिकाका गरेर १७ जना तथा बर्दियाका ३ जनामा कोरोना संक्रमण भेटिएको हो । राप्तीसोनारीका १४, नरैनापुरका २ र खजुराका १ जना संक्रमित भएका हुन् । सुर्खेतमा पनि ६४ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
पछिल्लो २४ घण्टामा मंगलबार थप २ सय ८८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप २८८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।








