संक्रमित संगै बसेकालाई विना जाँच घर ?

आरडीटी चेकमा भान्सियाको श्रीमती देखि ब्यवस्थापन समिति सदस्य समेत संक्रमित

बाँके नरैनापुर गाउँपालिका स्थित कोरोना संक्रमित संगै बसेका ४५ जनालाई केहि बेर अघि विना पीसीआर जाँच घर पठाइएको खुलेको छ ।नरैनापुर गाउँपालिका वडा नं.५ स्थित कृष्णा प्राविको क्वारेन्टाइनमा रहेका ७२ जना मध्ये गत साता १२ जना संक्रमित फेला परेपछि उनीहरु संगै बस्दै आएका ब्यक्ति र भान्से, तथा निजको श्रीमती र क्वारेन्टाइन ब्यवस्थापन समितिका सदस्यको आरडीटी गर्दा ती मध्ये १५ जना संकास्पद फेला परेका छन् । आरडीटीकै भरमा ६० मध्ये ४५ जनालाई घर पठाइएको नरैनापुरका सूचना अधिकारी लक्ष्मीकान्त मिश्राले बताए । एकसातापछि पीसीआर गर्ने तय भएको थियो, विचमा उनीहरुलाई घर पठाउने निर्देशन स्वास्थ्य कार्यालयका फोकल पर्सन नरेश श्रेष्ठले दिए, नेपालगन्ज न्युज संग कुरा गर्दै उनले भने, यो कुन प्रकारको विधि हो मैले बुझ्न सकेन । केहि बेरमै नरैनापुर गाउँपालिका वडा नं.६ स्थित जयकिसान माविमा रहेको क्वारेन्टाइनबाट पनि ब्यक्तिहरुलाई घर पठाउने तयारी भइरहेको स्वास्थ्य संयोजक मोइन खाँले भने, किन र कसरी छाडियो त्यस बारे मलाई जानकारी छैन, उनले भने । यस बारे बुझ्न स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठलाई सम्पर्क गर्दा उनले सबैको पीसीआर गर्न नसकिने बताए । त्यति ब्यक्तिको पुनः जाँच गर्ने ब्यवस्था छैन, उनले भने, सबैलाई होम क्वारेन्टाइनमा बस्न अनुरोध गरिएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया