बाँकेको बैजनाथमा पनि कोरोना संक्रमण

बाँकेमा ७ जना नयां संक्रमित थपिंदा बैजनाथ ३ मा एकजनामा संक्रमण फेला परेको हो ।

बाँकेको बैजनाथ गाउँपालिकामा पनि कोरोना संक्रमण देखा परेको छ । मंगलवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार बाँकेमा ७ जना नयां संक्रमित थपिंदा बैजनाथ ३ मा एकजनामा संक्रमण फेला परेको हो । यससँगै बाँकेको कोहलपुर र जानकीबाहेक सबैमा कोरोना संक्रमण देखा परेको छ ।
कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट नेपालमा संक्रमितको संख्या ७७२ जना पुगेको छ । देशभर आजमात्र ९० जना नयाँ संक्रमित थपिएका छन् । त्यसक्रममा बाँकेमामात्र ७ जना नयाँ संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बाँकेको बैजनाथसँगै डुडुवामा ४ जना र राप्ती सोनारीमा २ जना संक्रमित थपिएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया