क्वारेन्टाइनमा १४ जना स्वास्थ्यकर्मी

भावुक योगी
बर्दियाको सदरमुकाम गुलरिया नगरपालिकामा थप ३ जनामा कोरोना पुष्टि भएसंगै जिल्ला अस्पताल गुलरिया बर्दियाका १४ जना स्वास्थ्यकर्मीलाई क्वारेन्टीनमा राखिएको छ ।
गुलरिया १ खैरापुर क्वारेन्टीनमा बसेका १८ वर्षिय एक युवकलाई ज्वरो आएपछि जिल्ला अस्पतालमा उपचारका लागि लगिएकै बेला उनको कोरोना पोजेटिभ रिपोर्ट आए लगत्तै १४ जनालाई क्वारेन्टाईनमा राखिएको स्वास्थ्य कार्यालय बर्दियाका जनस्वास्थ्य निरिक्षक कृष्णगोपाल चौधरीले जानकारी दिनुभयो ।
जिल्ला अस्पतालका स्वास्थ्यकर्मीको आजै स्वाब संकलन गर्ने तयारी भईरहेको उहाँले बताउनुभयो । अहिलेसम्म २ सय २ जनाको रिपोर्ट दाङबाट आउन बाँकी छ । पछिल्लो समय बर्दियाबाट स्वाब संकलन गरि दाङ पठाईएको थियो । राजापुरबाट थप ६५ जनाको सोमबार स्वाब संकलन गरिएको छ ।
भारतको बेङलोरबाट आएर क्वारेन्टीनमा बसेका १८ वर्षिय एक युवालाई ज्वरो आएपछि जिल्ला अस्पतालको आईसुलेसन कक्षमा राखेर उपचार गर्ने क्रममा उनको रिपोट पोजेटिभ आएको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया