थप ७२ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोराना संक्रमित व्यक्तिहरुको संख्या ६ सय ७५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । (हेर्नुस्, विज्ञप्ति)
थपिएका ७२ मध्ये ४ जना बाँकेका छन् । बाँकेमा राप्ती सोनारी र डुडुवा गाउँपालिका छन् । डुडुवामा पहिलो पटक संक्रमण देखिएको हो । यो संगै बाँकेको नेपालगन्ज, नरैनापुर, राप्ती सोनारी र खजुरामा संक्रमण विस्तार भइसकेको छ । बैजनाथ, कोहलपुुर र जानकीमा संक्रमण देखिएको छैन् ।