नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ५३ पुगेको छ । बिहीबार रुपन्देहीमा १ जना, झापामा ८ जना कोरोना संक्रमित फेला परेका छन् ।
चार जना कोरोना संक्रमित टेकु अस्पतालबाट निको भएर फर्केका छन् । हालसम्म ४९ जना निको भएर फर्किएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार गरेको पत्रकार सम्मेलनमा ३८ जिल्लामा कोरोना फैलिएको जानकारी दिइएको छ । प्रदेश ५ मा कोरोना संक्रमितको संख्या १९७ पुगेको छ ।
कोभिडका कारण रुपन्देहीमा १ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोभिडका कारण मृत्यु हुनेको संख्या ३ पुगेको छ ।








