बाँकेको नरैनापुर गाउँपालिकामा सोमबार भेटिएका ५९ पोजेटिभ बिरामीहरुलाई आइसोलेसनका लागि नेपालगन्ज ल्याउने तयारी गरिएको छ ।
स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले नरैनापुरका पोजेटिभलाई खजुरारोड स्थित लायन्स डेन्टल अस्पताल ल्याउने तयारी भैरहेको जानकारी दिएका छन् ।
लायन्स डेन्टलमा सबै बिरामीको व्यवस्थापन नभए कृषि तालिम केन्द्रमा व्यवस्थापनको तयारी स्वास्थ्य कार्यालयले गरेको हो ।
नरैनापुरका पोजेटिभलाई नेपालगन्ज ल्याउने भएपछि रुट क्लियर गरिएको छ । उनीहरुलाई ल्याउने बाटो क्लियर गरिएको हो ।








