लकडाउनमा युवा अग्रसरता, ३६ जनाले गरे रक्तदान

लकडाउनका कारण रगत अभाव नहोस् भनेर नेपालगन्जका युवाहरु अग्रसर भएर मंगलबार रक्तदान गरेका छन् । ‘लकडाउनका बेला मानिसहरु घरमै रहने तथा रक्तदानका कार्यक्रम नहुँदा बिरामीलाई रगत अभाव हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै रक्तदान गरेका हौं’, युवा खेम विष्टले दैनिक नेपालगन्जसँग भने, ‘युवाहरुको आव्हानमा भएको रक्तदान मार्फत ३६ पिन्ट रगत संकलन भएको छ ।’ भेरी अस्पताल परिसरमा रहेको रक्तसञ्चार केन्द्र पुगेर युवाहरुले रक्तदान गरेका थिए ।


खेम बिष्ट, सुरेन्द्र चलाउने र जना थापाले रक्तदानका लागि संयोजनकारी भूमिका निर्वाह गरेका थिए । सज्जन सिद्धीकी, सुनिता शाही, किरन ओली लगायतका युवाहरुले रक्तदानको सहजीकरण गरेका थिए । ‘अप्ठ्यारो अवस्था छ’, युवा विष्टले भने, ‘त्यसैले हामीले रक्तदानको पहल लिएका हौं ।’

रक्तदान गर्नेहरुमा समिरा गौतम, आसुतोष गौतम, टेकराज थापा, बिरेन्द्र रावल, दिपेन्द कुमार जोसी, आसिश आनन्द, राहुल कौशल, अंकित कुमार सिंह, लक्ष्मी अधिकारी, सिमा कुमारी लामा तामाङ, हिक्मत कुमार रोकामगर, अस्मिता कठायत, सिसिर राज मेचे रहेका छन् ।
रोशन मल्ल, राहुल थापा, रेनु गुरुङ, प्रसान्त चौव्य, रमेश थापा, बिपिन अधिकारी, जनक उपाध्याय, मोहन ओली, उमङ प्रभात गिरी, दिपेश बर्मा, गौरी कुमारी शाही, रभि कौशल, शुभ क्षत्री, जिवन शाही, सुनिता शाही, तिलकराम शाही, आसेस शाह, आधुनिक चौधरी, सागर राज आचार्य, याम गिरी, प्रमिला थारु, हिरा शिंह डांगी लगायतले रक्तदान गरेको विष्टले जानकारी दिएका छन् ।

कोरोना भाईरसको सन्त्रासका बिचमा युवाहरुको सक्रय सहभागितालाई रेडक्रस बाँकेका मन्त्री यजाज सिद्धीकीले सराहना गरेका थिए । रेडक्रस रक्त सञ्चार केन्द्रका प्राविधिक अधिकृत उपेन्द्र रेग्मीले बिषम परिस्थितिमा रक्तदातााहरुले देखाएको सक्रियताप्रति धन्यवाद व्यक्त गरेका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया