कोरोना : भेरी अस्पतालले भन्यो नतिजामा शंका नगर

भेरी अस्पताल नेपालगन्जले कोरोना परीक्षणको नतिजामा शंका नगर्नका लागि आग्रह गरेको छ ।

पछिल्लो समयमा कोरोना पोजेटिभ भेटिएका बिरामीले पुनः चेक गर्न माग गरेपछि अस्पतालले नतिजामा शंका नगर्न अनुरोध गरेको हो ।

नेपालगन्जमा कोरोना संक्रमित भेटिएकाहरुको स्वास्थ्य स्थिति सामान्य रहेको छ ।

त्यसैले उनीहरुले आफुहरुलाई लक्षण नभएको भन्दै पुनः परीक्षण गरिदिन विभिन्न व्यक्तिहरुलाई सम्पर्क गरी आग्रह गरिरहेका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया