लकडाउनको पालनामा बढ्दो लापरवाहीलाई लिएर बाँके प्रशासनले कडा निर्णय गरेको छ । केही बेर जिल्ला प्रशासन कार्यालय बाँकेमा बसेको सर्वदलीय, सर्वपक्षीय बैठकले भोलि मंगलबार विहान ११ बजेदेखि लागु हुने गरी नेपालगन्ज उपमहानगरपालिकालाई पूर्णत निषेधित क्षेत्र घोषणा गरेको हो ।
यसबेला घरबाहिर निस्कनै पाइँदैन, प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले नेपालगन्जन्यूजसँग भने, २५ गते मध्यरात सम्म यो निर्णय लागु हुनेछ । त्यसपछि नेपाल सरकारको लकडाउन भने नियमित रहने उनले बताए ।
बाँकेमा १६ जना संक्रमित देखिएपछि प्रशासनले कडाई गरेको हो । भोलि ११ देखि पसल, व्यवसाय सबै ठप्प रहने छन् । औषधी पसल भने सञ्चालनमा रहने छ । यो एक किसिमको कर्फु हो, नेपाली काँगेसका युवा नेता सुधांशु कोइरालाले बैठकपछि भने ।








