टिप्पणी

नेपालका अन्य शहरहरु हुदै नेपालगन्जमा पनि कोभिड १९ पुष्टि भएको छ । यो मात्र समयको खेल र पर्खाई थियो। नेपालगन्जमा पनि कोरोना आउँदै छ अथवा आउन सक्ने अवस्थाबारे हामी सबै जानकार थियौँ । तरपनि हामीले लकडाउन, राहत कार्यक्रम, नाटकीय कोरोना कक्ष र कोरोना परिक्षण बाहेक अरु कुरामा ध्यान दिएनौं । कोरोना दुई, तिन महिनामा समाप्त नहुने महामारी र यसबाट सिर्जना हुन सक्ने विकराल अवस्थामा कसरी नयाँ प्रणाली अन्तर्गत जिवनशैली परवाह गर्ने भन्ने विषयमा हामीले अभ्यास गरेनौं । आफ्नो वडा, गाउँ पालिका, नगरपालिका, परदेश र देशव्यापी रूपमा जनतालाई बुझाउन सकेनौं । अहिले पनि समाजिक दुरी कायम गरी र एक्लै सबै काम र गतिविधि गर्न सकिन्छ भनेर बुझेनौं र बुझाउन सकेनौं । हामीलाई थाह हुनै पर्छ, लकडाउन मात्र एक र अन्तिम उपाय होइन् ।

देश चलाउन अक्सफोर्ड र क्याम्ब्रिज पढेका व्यक्तिलाई प्रधानमन्त्री छान्ने देशका नागरिकलाई लकडाउनले हुनसक्ने आर्थिक मन्दीका र अन्य समस्या समाधानका लागि तत्काल सरकार र नेपाली नेतृत्वलाई भावी रणनीति के हो भनेर एकपटक सोध्नु हुन विनम्र अनुरोध छ । हैन भने खोरमा भेडा बाख्रा बस्छन्, सामाजिक प्राणी मानिसले लकडाउन भएको ४० दिन पुग्दा पनि जिवनशैली परिवर्तन गरि नयाँ प्रणालीका साथ जिवन अघि बढाउन सक्ने कुरामा अहिले सम्म ध्यान गएन । अझै बरू गोठालाहरुलाई कसरी हुन्छ बढी भन्दा बढी लकडाउन गर्नुहोस् भनि सल्लाहकार बनेका छौं । कठै हाम्रो मातृभूमि र मानसिकता ?

कोभिड १९ अर्थात् कोरोना भाइरसले विश्वव्यापी रूपमा दुईवटा मुख्य समस्या एकैचोटी सिर्जना गर्ने देखिएको छ ।

1_ Health CRISIS

2_ Economic CRISIS

उल्लेखित दुई समस्याले कुनै राष्ट्र र सम्पूर्ण विश्वतन्त्रका संयन्त्रलाई पुर्ण रुपमा अथवा केही मात्रामा असर अनि भंग गर्ने छन् ।

यो १९१९ को महामारी अथवा १९२९, २००७, ००८ को आर्थिक मन्दीले प्रस्ट देखाउछ । संयुक्त राष्ट्र अमेरिकामा अहिले नै नेपालका नागरिक भन्दा बढी जनता बेरोजगार भइसकेका छन् भने युरोपको अवस्था र अर्थतन्त्र पनि ओरालो लाग्दो छ । हाम्रा छिमेकी मुलुकहरुलाई नि आफ्ना जनता भोकमरीबाट बचाउन धेरै गाह्रो हुने छ ।

भविष्यमा यस्ता समस्या यदि आए पनि कुनै पनि राष्ट्रले आफ्नो बचाउका लागि आफ्नो श्रोत र शक्ति अनुसार तयार रहन एकदमै जरुरी छ । नेपाल पनि तयारी अवस्थामा रहनु पर्छ ।
सबैभन्दा पहिला कोभिड १९ को नियन्त्रण र यसका साथै अन्य नयाँ जिवनशैली, बजार व्यवस्थापन प्रणालीको विकास र कार्यान्वयन हुन जरुरी छ । आउँदै गरेको समयमा कोरोना संक्रमणको संख्या बढ्दै गए पनि दैनिक जिवन स्फुर्त रुपले अगाडि चल्नु पर्छ । विश्वका सबै राष्ट्रमा मानिसहरु बाँचिरहेकै छन् । कोरोनाका Epic centre मा पनि जिवन अघि बढेको छ । कोरोनाले गर्दा सम्पूर्ण कुरा बन्द हुनुपर्छ भन्ने होइन । हामीले यस विरुद्ध लड्न सिक्नु पर्यो हरेक दृष्टिकोणबाट । आफ्नो अथवा कुनै पनि काम कार्यहरु २ देखि ४ मिटरको सामाजिक दुरी कायम गरी र सुरक्षाका सबै विधि अपनाएर अघि बढ्न सकिन्छ र बढ्नु पर्छ । हैन भने कुनै पनि राष्ट्र र विश्व अर्थतन्त्रले दुई, तीन महिना भन्दा बढी लकडाउन धान्न सकिंदैन । हामीले कोरोनाको चर्को समयमा अनि त्यसपछिको समयमा जनतालाई नयाँ जिवनशैलीबारे बुझाउन एकदमै महत्वपूर्ण छ । हो, अहिले सम्म हामी चुकेको नै यहीँनेर हो ।


जनता अशिक्षित र अबुझ भए भन्यो अनि जिम्मेवारी निकाय आफ्नो कर्तव्यबाट सजिलै मुक्ति हुने र सबै दोष जति नेतालाई दिएको छौं । अवश्य केही कुरा नबुझेका मानिसहरुले नियमको उलंघन गरेका छन् किनभने उनीहरूलाई सुचित र नयाँ जिवनशैलीमा आफ्नो जिवन परवाह गर्न कसैले नि सिकाएन र सिकाउने प्रयास नि भएन किन कि हामी सबै समस्याको हल लकडाउन मार्फत खोजी रहेका छौं । अहिले नेपालमा कोरोनाले खडा गरेको आपत्कालिन अवस्थामा लकडाउन सहित अरू सयौं उपाय र प्रविधिहरु एकैचोटी अथवा समय अनुकूल लागु हुनु पर्ने हो र हामी सबैले ति उपायहरूको महत्व बुझेर आ आफ्नो जिवनशैलीमा लागु गर्ने र अरूलाई लागु गर्न सरकारका सम्पूर्ण संयन्त्रलाई सहयोग गर्नु पर्ने छ । यो दायित्व हामी सबै नेपालीको हो र सिंगो राष्ट्र नै एकबद्ध भएर लड्नु बाहेक अरु कुनै विकल्प छैन ।

अहिलेसम्म विश्वका धेरै राष्ट्रहरुले कोरोना भाइरस विरुद्धको लडाइमा सफलता हासिल गरेका छन् किनभने उनीहरूले तत्काल र दिर्घकालिन देश र जनतालाई सुहाउँदो राष्ट्रिय रणनीति बनाउदै देशमा रहेका सम्पूर्ण श्रोत र साधन परिचालन गर्न सफल भएका छन् जसको फलस्वरुप यि देशहरुमा कोरोनाको कहर घट्दो छ र कतिपय देशहरुमा नयाँ संक्रमणको संख्या शुन्यको अवस्थामा आइपुगेको छ । यसैगरी नेपालको परिपेक्षमा पनि अपनाउनु पर्ने अथवा अपनाउन सकिने केही उपायहरू छन् ।

1) पुरै नेपालमा लकडाउन आवश्यकता नरहेको ।

कोभिड १९ को संक्रमण नदेखिएका ठाउँ अथवा शहरहरूको शिलबन्दी गरेर सामान्य जिविकोपार्जन सुचारु गर्न सकिने ।

2) कोभिड १९ को संख्या बढ्दै जाँदा पनि स्वदेशमै सुरक्षित उत्पादन र कृषि जन्य सामग्रीको, बिक्री वितरण र नेपाली जनताको सहयोगमा नेपालमा नै खपतको व्यवस्था । किसान, ब्यपारी र अन्य मजदुरले प्रत्यक्ष स्वरोजगार हुने अवस्था ।
कोरोना केही हद र पुर्ण रूपमा नियन्त्रणमा आएपछिको अवस्थामा

3) विकास र निर्माणको काम बढी भन्दा बढीमात्रामा संचालन गर्ने यहाँ नि रोजगारीको श्रृजना हुने छ ।

4) आन्तरिक पर्यटनको विकास (पांच बर्षे नेपाल भ्रमण) कार्यक्रम । भुकम्प गएको बेला नेपाली पर्यटकले नै नेपालको विभिन्न पर्यटकीय स्थलहरु र व्यवसायहरुलाई बचाएका थिए । विभिन्न परियोजना र सहुलियतका -special vaccation package_ सबै स्थानीय, प्रदेश र राष्ट्रिय सरकारले जनतालाई नेपाल भरि भ्रमण गर्ने अवस्था बनाउने ।

आउँदै गरेको समयको हामी सम्पूर्ण देशवासीले गम्भीरतापूर्वक विचार गर्नुपर्ने र तयारी हालतमा बस्न अत्यन्त जरुरी छ । सरकार र देश हाँक्ने राजनीतिक प्रशासनिक नेतृत्व, विज्ञ अनि व्यवस्थापकहरु कृपया समस्याको समाधान मुलुक उपायहरू तिर लाग्नु होस् । कुर्सी र सत्ताको खेलमा लागेर देश र जनताको ज्यान मार्ने काम बन्द गर्नुहोस् । तपाईहरुको आपसी खिचातानीले देशमा ठुला दुर्घटना निम्त्याउन सक्छ । सुध्रिने र सुधार्न सक्ने समय रहेको अवधिक दशक यता जर्मनीमा छन् ।)

प्रतिक्रिया

प्रतिक्रिया