दुर्घटनामा एकको मृत्यु ,एक गम्भीर

बाँकेको कोहलपुरमा आज शनिवार अपरान्ह भएको एउटा सडक दुर्घटनामा मोटरसाइकलमा सवार एक युवकको मृत्यु भएको छ । कोहलपुर–नेपालगन्ज सडकखण्डसँगै जोडिएको एनटिभी चोकमा दुर्घटनामा गम्भीर घाइते कोहलपुर २ का युवा किरण भुषालको ज्यान गएको हो ।
कोहलपुर प्रहरीका अनुसार, नेपाली सेनाको एउटा गाडी नेपालगन्जबाट कोहलपुतर्फ आउँदै गरेको बेला दुर्घटनामा परेको थियो । नेपाली सेना चढेको बा २ झ ६३४१ नम्बरको गाडीले भे ४ प ७६२० नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा गम्भीर घाइते भुषालको ज्यान गएको हो । मोटरसाइकल सवार बारबर्दिया नगरपालिका ४ की २७ वर्षिय प्रतिक्षा भुषाल भने गम्भीर घाइते छन् । उनको नेपालगन्ज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ ।
ईलाका प्रहरी कार्यालय कोहलपुरले दुर्घटना लगत्तै प्रहरीले सेनाको गाडीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया